साइकलमै समुन्द्रदेखि सगरमाथासम्म ‘ सब्रिना’

सोनिमा शेर्पा (युटी)

२०७८ फाल्गुन २९, आईतबार


सोनिमा शेर्पा (युटी)
२० फागुन, २०७८
ओखलढुंगा (शेर्पाखबर) ।
अन्तर्राष्ट्रिय जुडो महासंघका एथ्लेटिक कमिसनका अध्यक्ष ४१ वर्षीया सब्रिना फिल्ज्मोजर साइकलमै सगरमाथासम्म पुग्ने लक्ष्य राखेकी छन् । समुन्द्रदेखि सगरमाथासम्मको यात्राका क्रममा उनी ओखलढुंगा आइपुगेकी हुन् ।
पश्चिम बंगालको समुद्रबाट साइकलको यात्राका क्रममा १ हजार किलोमिटर पार गरेर ओखलढुंगा आइपुेको टोलीका सदस्य लक्ष्मी मगरले जानकारी दिइन् । जुडो फर पिस नाराकासाथ सगरमाथा चढ्न जाने क्रममा ओखलढुंगामा जुढो खेलाडीहरुले उनलाई स्वागत गरे । सोही क्रममा आयोजित पत्रकार सम्मेलनमा अभियान्तहरुले आफ्नो उद्देश्यका बारे प्रष्ट्याए । 
जलवायु परिवर्तन र विश्वशान्तिका लागि उनले अक्सिजन बिना नै सर्वोच्च शिखर सगरमाथा चढ्ने योजना बनाएको पत्रकार सम्मेलनमा सब्रीनाले बताइन् ।  
 

सब्रीनाको सगरमाथा यात्रा साइकलबाट जहाँसम्म पुग्छ त्यहाँसम्म लाने र बाँकी पैदल जाने लक्ष्य रहेको ओखलढुंगा जिल्ला जुडो संयोजक सुर्यप्रकाश सुनुवारले बताए । सब्रिना फिल्ज्मोजर  एक सेवानिवृत्त अस्ट्रियाई जुडोक हुन् ।
उनी विश्व जुडो च्याम्पियनशिपमा दुई पटकसम्म स्वर्ण पदक हासिल गरेकी छन् । त्यस्तै, युरोपेली जुडो च्याम्पियनशिपमा दुई स्वर्णसहित पदकका विजेता बन्न सफल भएकी हुन् । जापानमा भएको  टोकियो ओलम्पिक २०२० का सबैभन्दा जेष्ठ जुडो खेलाडी पनि उनै थिइन् । 
पत्रकार सम्मेलनमा नुवाकोटकी लक्ष्मी मगरले अभियानले नेपालमा पर्यटनको नयाँ ढोका खुल्ने विश्वास व्यक्त गरिन् । विराटनगर अध्यागमन कार्यालयको घटना स्मरण गर्दै उनले भनिन् ‘विराटनगरबाट पनि पर्यटक भित्रिन्छ र भनेर हामीलाई प्रश्न गरे । सव्रिना विराटनगरबाट भित्रिने पहिलो पर्यटक बनिन् ।’ मगरपनि साफ ओलम्पिकमा स्वर्ण पदक विजेता हुन् । टोलीका अर्का सदस्य सिन्धुपाल्चोकका हर्ष लामा छन् । उनी भेट्रान साइकिलिष्ट हुन । ४७ बर्षिय हर्ष पर्यटन व्यवसायी हुन् । ‘साइकल रेश’ कै क्रममा उनीहरु नजिकिएपछि टोलीमा अनुबन्धित भएका थिए । 
 

सोनिमा शेर्पा (युटी)का अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho