चलचित्र निर्माण प्रशिक्षण शुरु

शेर्पाखबर

२०७८ फाल्गुन २६, विहिबार


काठमाडौं (शेर्पाखबर) । शेर्पा युवाहरुलाई लक्षित गरी आधारभूत चलचित्र निर्माण प्रशिक्षण शुरु भएको छ । शेर्पा चलचित्र संघ नेपालको आयोजनामा शुरु भएको प्रशिक्षण ७ दिनसम्म सञ्चालन हुनेछ । 
शेर्पा चलचित्रकर्मीहरुको क्षमता अभिवृद्धि र चलचित्र निर्माणमा प्रेणित गर्ने हेतुले प्रशिक्षण आयोजना गरेको आयोजक संस्थाकी छिरिङ डोल्मा शेर्पाले जानकारी दिइन् । प्रशिक्षणमा २० भन्दा बढी सहभागि छन् । स्कृप्ट लेखन, अभिनय, निर्देशन आदि विषय समेटिएको प्रशिक्षण नेपाल शेर्पा संघको केन्द्रीय भवनमा शुरु भएको आयोजक मध्येका छोङबा शेर्पाले जानकारी दिए । चलचित्र क्षेत्रमा लामो समय काम गरेका ख्याती प्राप्त निर्देशक तथा प्रशिक्षकबाट तालिमका सहजिकरण हुने जनाएको छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho