राजेश पायल राई ओखलढुंगा आउँदै

शेरसाङ्गे शेर्पा

२०७८ फाल्गुन २५, बुधबार


शेरसाङ्गे शेर्पा
ओखलढुंगा (शेर्पाखबर) । चर्चित गायक राजेश पायल राई एक सांगीतिक कार्यक्रममा सहभागि हुन ओखलढुंगा आउने भएका छन् । नेपाल शेर्पा विद्यार्थी संघको तेस्रो जिल्ला अधिवेशनका साथमा हुने ल्होसार सांस्कृतिक कार्यक्रममा सहभागि हुन राई आउने भएका हुन् ।
चैत २ गते संघको तेस्रो जिल्ला अधिवेशन खिजीदेम्बा ५ खिजीफलाटे बजारमा हुँदैछ । अधिवशेनका साथमा सांस्कृतिक साँझ हुने र राजेश पायल राईको विशेपा प्रस्तुती रहने जिल्ला अध्यक्ष फुरी शेर्पाले जानकारी दिए । 
पूर्वमन्त्री अम्बिरबाबु गुरुङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा भ्वाइसअफ् किड्सका फाइनलिष्ट पासाङ दिकी शेर्पा, भ्वाइस अफ् नेपालका टप आठमा पुग्न सफल सोनाम ग्याच्छो शेर्पा र ख्याती प्राप्त डिजे छेवाङ शेर्पाको समेत प्रस्तुती रहने प्रचार प्रसार संयोजक दावा जाङबु शेर्पाले जानकारी दिए । 
केही समयअघि अमेरिकामा प्रस्तुती दिन पुगेका गायक राईमाथि एक जना शेर्पाले प्रस्तुती दिइरहेको बेलामा पछाडिबाट आक्रमण गरेका थिए । त्यसबेला विवादित बनेका राईले शेर्पालाई माफी दिएपछि घटना सेलाएको थियो । राई इच् किङ्गले चिनिएका राई खिजीफलाटे आउने भएपछि आयोजकहरु तिब्ररुपमा व्यवस्थापनमा जुटेका छन् ।
नेपाल शेर्पा विद्यार्थी संघको तेस्रो जिल्ला अधिवेशनले २ बर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छन् । संघको केन्द्रीय महाधिवेशन भने फागुन १७ गते नै सम्पन्न भइसकेको छ । 
शेर्पा विद्यार्थीहरुको हकहित, एकता, भातृत्व र क्षमता विकास गर्दै विभिन्न क्षेत्रमा अघि बढ्ने माध्यमको रुपमा संघले कार्य गर्दै आएको छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho