पसी शेर्पा खेलकूद प्रतियोगिताः महिलातर्फको खेल शुरु

लाक्पा जी शेर्पा

२०७८ फाल्गुन १४, शनिबार


ओखलढुंगा (शेर्पाखबर) । यहाँको खिजीफलाटेमा जारी पसी शेर्पा भलिबल प्रतियोगितामा महिलातर्फबाट खेल शुरु भएको छ । फागुन ११ बाट शुरु प्रतियोगितामा पुरुषतर्फको खेल सेमि फाइनलमा पुगेसँगै महिलातर्फको खेल शुरु भएको हो । 
प्रतियोगितामा १४ पुरुष र ७ महिला समूह सहभागि थिए । प्रतियोगिताबाट पुरुषतर्फ १० वटा समूह खेलबाट वाहिरिसकेका छन् । बाँकी ४ समुह उपाधीका लागि १५ र १६ गते प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फबाट पलापु, लिखु, खिजीदेम्बा र मोलुंग अन्तिम ४ मा पुगेपनि मानेभन्ज्यांङको समूहबाट मोलुंगले आयोजकले तोकेको मापदण्ड उल्लंघन गरेको भन्दै ‘प्रोटेक्स’ हालेपछि मानेभन्ज्यांगले अन्तिम चारमा अवसर पाएको अध्यक्ष पासाङ निमा शेर्पाले जानकारी दिए । 
आयोजकले वडाभित्रको नागरिकले मात्रै प्रतियोगितामा भाग लिन पाइने नियम बनाएपनि मोलुङ ६ का खेलाडीले वडा नं. ८ राँगादीपको समेत खेलाडी समावेश गरेको पाइएपछि विवाद भएको थियो । आयोजकले प्रमाण जाँच गरी मानेभन्ज्याङलाई अवसर दिने निर्णय गरेको प्रशिक्षक सुधिर कार्कीले बताए । 
फागुन १५ गतेसम्म हुने भनिएको खेल प्राविधिक कारणले एक दिन लम्बिएको छ । प्रतियोगिताको समापन फागुन १६ गते हुने तय भएको जनाएको छ । १५ र १६ गते राष्ट्यिस्तरको ख्याती प्राप्त कलाकारहरुले सांस्कृतिक प्रस्तुतीसँर्गै प्रतियोगिता सम्पन्न हुने छ । 
प्रतियोगितामा दुवैतर्फ ५ लाख अंकित रनिङ शिल्ड र नगद पुरस्कारको व्यवस्था छ । प्रतियोगिता चर्चित गायक तथा युवा नेता गम्बु शेर्पाको आमाको स्मृतीमा गठित पसी शेर्पा स्मृति प्रतिष्ठानले आयोजना गरेको हो । प्रतियोगिताको प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राजन राईले विशेष समारोहकावीच उद्घाटन गरेका थिए ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho