पसी शेर्पा स्मृती खलकूदमा २१ समूह सहभागि

दावा जाङबु शेर्पा

२०७८ फाल्गुन ११, बुधबार


दावा जाङबु शेर्पा
ओखलढुंगा (शेर्पाखबर) ।
यहाँको खिजीदेम्बा आयोजित वडास्तरीय भलिबल प्रतियोगितामा २१ समूह (टिम) सहभागि भएका छन् । पसी शेर्पा प्रतिष्ठानद्धारा आयोजित प्रतियोगितामा महिला पुरुष गरी २१ समूह सहभागि भएका हुन् । 
फागुन ११ (आज) देखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोतिगामा ७ महिला र १४ पुरुष समूह सहभागि भएको अध्यक्ष पासाङ निमा शेर्पाले जानकारी दिए । प्रतियोगितामा खिजीदेम्बा, मानेभन्ज्याङ, सिद्धीचरण र लिखुबाट खेलाडीहरु सहभागि छन् । 
प्रतियोगिताको सामाजिक विकास मन्त्री राजन राईले विशेष समारोहकावीच उद्घाटन गरे । खिजीदेम्बा गाउँपालिकाको खिजीफलाटेमा आयोजित प्रतियोगिता जिल्लाकै सार्वधिक शिल्ड भएको पहिलो प्रतियोगिता हो । रनिङ शिल्डसहित पहिलो पुरस्कार ५ लाखको रहेको छ । खेलकूद प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ । खेलमा प्रथम स्थान हासिल गर्नेलाई नगद पुरस्कारको दिइने आयोजक समितिका लालमान तामाङले जानकारी दिए । 
 

कार्यक्रममा बौल्दै प्रमुख अतिथि मन्त्री राईले दुर्गम क्षेत्रमा व्यक्तिगत लगानीमा यति ठूलो प्रतियोगिता आयोजना हुनु आफैमा गर्बको विषय भएको भन्दै प्रंसंशा गरे । खेल क्षेत्रको विकाससँगै पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा समेत प्रतियोगिताले सघाउ पुग्ने मन्त्री राईले बताए । उनले खेल पर्यटनको विकासका लागि प्रदेश सरकारले विशेष महत्वका साथ सहयोग गर्ने वचनबद्धता समेत व्यक्त गरे । 
ख्याती गायक गम्बु शेर्पाको आमाको नाममा स्थापना भएको प्रतिष्ठानले गठन लगतै प्रतियोगिता आयोजना गरेको थियो । कार्यक्रममा गायक गम्बु शेर्पाले ३३ बर्षअघि देवसान भएको आमाको सम्झनामा कार्यक्रम आयोजना गर्न पाउँदा हर्षविभोर भएको बताए । उनले यसखाले प्रतियोगिता निरन्तर आयोजना गर्ने बचनबद्धता समेत व्यक्त गरे । 
उद्घाटन सत्रमा अध्यक्ष शेर्पाले जनप्रतिनिधीहरु कार्यक्रम अनुपस्थित भएकोमा आपती जनाए । आयोजकले समापनसत्रको १४ र १५ गते विशेष सांस्कृतिक कार्यक्रमहरु ख्याती प्राप्त कलाकारहरु सहभागि हुने जानकारी दिए । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho