भोटेकोशीको गाउँसभा बहिष्कार 

ल्हाक्पा शेर्पा

२०७८ माघ २१, शुक्रबार


काठमाडौं (शेर्पाखबर) । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको ९ औं गाउँसभा बहिष्कार गरेका छन् । अध्यक्षले मनोमानी गरेको र त्यसको छानविन हुनुपर्ने माग गर्दै कार्यपालिका सदस्यहरुले सभा बहिष्कार गरेका हुन् । 
माओवादी केन्द्रबाट जितेका गाउँपालिका अध्यक्ष राजकुमार पौडेललाई उपाध्यक्ष दाबुटी शेर्पा र वडा नं. २ का अध्यक्ष दिपेन्द्र श्रेष्ठले समेत साथ दिएनन् । दुवै जना माओवादी केन्द्रबाटै निर्वाचित हुन  । त्यस्तै, कार्यपालिकाका २९ सदस्य मध्ये २ जना बाहेक अन्य २६ जना सदस्यहरुले गाउँसभा बहिष्कार गरेको जनाएको छ । 
भोटेकोशी सरोकार मञ्चका अध्यक्ष एवं एकिकृत समाजवादी भोटेकोशी गाउँपालिकाका इन्चार्ज साङ्गे लामाका अनुसार अध्यक्ष पौडेलले युवाहरुलाई पार्टी प्रबेश गराउँदै, टीका लगाउँदै पार्टीको सदस्यता बनेपछि बजेट बाँड्दै हिँडेकोले गाउँसभा बहिष्कार गरेको वडा नं. ४ का अध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिए । 
‘अध्यक्ष पौडेलले कर्मचारीसँगको मिलेमतोमा ९ करोड बजेट लुकाएर राखेको र जसमध्ये ४ करोड १७ लाख बजेट कसैलाई थाहै नदिई मनपरि ढंगले आफुखुशी बाँडेको छन् । बजेट बाँडफाँड गर्दा गाउँसभाको बैठकले निर्णय गरेपछि मात्र कार्यान्वयन गर्नुपर्नेमा त्यसो गरिएन ।’ वडा अध्यक्ष शेर्पाले भने  । अध्यक्ष पौडेलले ड्राईपोटको लोडर संघमा समेत पुर्व प्रशासकीय प्रमुखको किर्ते हस्ताक्षर गरेर आफ्नो पार्टीको कृयाशिल लिनेलाई मात्र छानेर हाल्ने भर्ती केन्द्र खोलेको जस्ता गम्भीर आरोप लगाएका छन् । त्यस्तै, गाउँपालिकाको हिसाबकिताबमा रहेको २० करोड बेरुजुको बारे पटकपटक बुझ्न खोज्दा वास्ता नगरेर कार्यकालको अन्त्यतिर आएर फर्स्यौट गर्न खोजेपछि आफू सहितका जनप्रतिनिधिहरुले गाउँ सभा बहिष्कार गरेको अध्यक्ष शेर्पाले बताए । 
उपाध्यक्ष दाबुटी शेर्पाले “सभा बहिष्कार भनूँ या के भनूँ ? सर्वसम्मत ढंगले अगाडी बढ्नुपर्छ भन्ने मेरो धारणा हो र अध्यक्ष ज्युले केही विषयमा त्रुटि गरेको हो ।” भनिन् । अध्यक्ष पौडेलले आफ्नो कुरा एकलौटी निर्णय गर्ने, बहुमतले निर्णय गर्ने भन्दा पनि सर्वसम्मतले निर्णय गरौं भनेर आफू निस्केको उपाध्यक्ष शेर्पाले बताइन् । 
वडा नं. २ का अध्यक्ष दीपेन्द्र श्रेष्ठले भनें आफू बिरामी भएको कारण गाउँसभामा उपस्थित नै नभएको जनाए । यसरी चौतर्फी गाउँसभा बहिष्कार गरेको कुरा उठेपछि गाउँपालिका अध्यक्ष राजकुमार पौडेलसँग जानकारी लिने क्रममा बहिष्कार नभै सभा स्थगित गरेको जनाए । ‘केही बुँदामा सहमती हुन नसकेपछि २१ गतेलाई छलफल गर्ने गरि सारेको हो । त्यस्तै उनले पार्टी प्रबेश गराउँदै बजेट बाँडेको कुराको खण्डण समेत गरे । उनले यसलाई झुट्ठो आरोप मात्र भनेका छन् । आफू संधै छलफल सहमति बिना अघि नबढ्ने भएकोले पुनः गाउँसभा राखेकोले त्यही सभाबाट समस्याको समाधान गर्ने अध्यक्ष पौडेलले प्रतिबद्धता व्यक्त गरे । यता सरोकार समितिका सचिव तथा जसपा गैरभौगोलिक प्रदेश विशेष समितिका सदस्य राज लामा शेर्पाले पालिका अध्यक्षको मनोमानी विरुद्ध आन्दोलन गर्ने र भण्डाफोर गरी वेथिति विरुद्ध आफूहरु कडा रुपमा प्रस्तुत हुने प्रतिक्रिया दिए । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho