ओखलढुंगामा सिटामोल अभाव हुन सक्ने

कूलबहादुर तामाङ

२०७८ माघ ८, शनिबार


कूलबहादुर तामाङ (शेर्पाखबर) । कोरोना महामारीको तेस्रो लहर व्यापक रुपमा फैलिएसँगै ओखलढुंगामा सिटामोल औषधी अभाव हुने संभावना बढेको छ । जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाले औषधी पसल अनुगमनका क्रममा यस्तो अवस्था भेटिएको हो ।
आठ ओटा ओैषधि पसल अनुगमन गर्दा ८ हजार ६ सय ५० ट्याब्लेट पारासिटामोल रहेको पाईएको छ । यही अवस्था रहे पारासिटामोल हाहाकार हुन सक्ने सम्भावना प्रबल बनेको अनुगमन टोलीको निष्कर्ष छ ।
साधरण ज्वरो लगायतको प्राथमिकतामा पर्ने ओैषघि पारासिटामोल  अभाव हुन थालेको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार मण्डलले जानकारी दिए । ’पारासिटामोल अहिले यहाँका ओैषधि पसलहरुमा सहजरूपमा पाइन छाडेको छ ।‘ अनुगमनको नेतृत्व गरेका मण्डलले भने । कोरोना संक्रमितका लागि पनि सिटामोल अति आवश्यक रहेको चिकित्सकले बताउदै आएकाले सिटामोलको खपत बढेकाले अभाव सिर्जना हुन सक्ने अनुमान छ । ओैषधि पसल अनुगमनको क्रममा पारासिटामोल पर्याप्त नभएको पाईएको अनुगमन टोलीका सदस्य तथा स्वास्थ्य कार्यालय रुम्जाटारका  खोपअधिकृत पुष्पराज पन्थ बताए । 

प्रशासनले शनिबार सिद्दिचरण नगरपालिका ११ र १२ अन्तर्गतका बजार क्षेत्रमा रहेका आठ ओटा ओैषधि पसल अनुगमन गरेको थियो । प्रमुख बजार क्षेत्र मिलनचोक, रमाईलो डाँडा, हुलाकटोल र जिविस क्षेत्रका ओैषधि पसल अनुगमन गरेको उद्योग बाणिज्य संघका प्रतिनिधी नवराज दाहालले जानकारी दिए । 
नेपाल औषधि उत्पादक संघ, औषधि आयातकर्ता संघ, फार्मेसी सञ्चालक, औषधि थोक व्यवसायीले पनि ‘पारासिटामोल सहज तरिकाले नपाइने’ स्वीकार गरेका छन् । राजधानी लगायतमा पनि सिटामोल अभाव हुन थालेको अवस्थामा जिल्लापनि अछुतो नरहने व्यवसायीहरु बताउँछन् । प्रशासनले भने औषधी लगायतको व्यवस्थापनका लागि समन्वय भइरहेको जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए । 
राजधानी लगायत औषधी आयत हुने प्रमुख बजारबाट सिटामोल पठाउन छाडेपछि औषधीको अभाव खड्कीने संभावन बढेको जनाएको छ । टोलीमा नेपाल पत्रकार महासंघ ओखलढुंगाका प्रतिनिधि लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । 
 

कूलबहादुर तामाङका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho