‘सिडियो’ कार्यालयमा शेर्पाको मृत्यु

लाक्पा जी शेर्पा

२०७८ पौष २१, बुधबार


सोलुखुम्बु ः जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सेवा लिन आएका एक सेवाग्राहीको ज्यान गएको छ । ज्यान जानेमा सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका ६६ बर्षीय पुरुष फुर्वा शेर्पा रहेका छन् । 
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी भट्टराईका अनुसार आज (बुधबार) प्रशासनमा नागरिकता बनाउन पुगेका शेर्पा कार्यालय परिसरमै बेहोस भएर ढल्न पुगेको थियो । उनलाई तत्काल उद्वार गरि जिल्ला अस्पताल फाप्लु पु¥याउने वित्तिकै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
नशा लगायत विभिन्न समस्याका कारण केहि समयदेखि फाप्लु अस्पताल भर्ना भएर उनको उपचार गराईरहेको खुल्न आएको छ । तर, आज (बुधबार) आफन्तले अस्पतालको अनुमती विनै नागरिकता बनाउन भन्दै जिल्ला प्रशासन पु¥याएको अस्पतालका सूचना अधिकारी विजय प्रकाश ठाकुरले जानकारी दिए ।
ठाकूरका अनुसार मृतक शेर्पामा उभिन नसक्ने लगायत अन्य समस्या देखिएको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा राखिएको छ । करिब २७÷२८ बर्ष देखि परिवारसँग सम्पर्कमा नरहेका शेर्पाले हालसम्म नेपाली नागरिकता नलिएको वडा कार्यालयले जनाएको छ ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho