गुणस्तरीय शिक्षाका लागि कल्स ओभर रिजेज क्रियाशिल

मिङमार शेर्पा

२०७८ पौष १६, शुक्रबार


काठमाडौं । गुणस्तरीय शिक्षाका लागि कल्स ओवर रिजेज नेपालले छात्रवृत्ति र पुस्तकालय परियोजना प्रभावकारी बन्दै गएको छ । गोरखा नगरपालिकाभित्रका पाँच वटा विद्यालयमा उक्त परियोजना लागु भएसँगै शिक्षाको गुणस्तर समेत बृद्धि हुँदै गएको हो । 
‘ग्रामीण बालबालिकाको शिक्षामा पहँुच अभिवृद्धि परियोजना’ अन्तर्गत छात्रवृत्ति तथा दिवाखाजा परियोजना सञ्चालन भइरहेको संस्थाका अध्यक्ष साङ डोमा शेर्पाले जानकारी दिइन् । छात्रवृत्ति परियोजना अन्तर्गत नगरपालिकाभित्रका बिन्दवासिनी मावि, बालमन्दिर मावि, महेन्द्र मावि, नवज्योति मावि र पृथ्वीनारायण आवि समेटिएका छन् । पाँचवटा विद्यालयमा अध्ययनरत ६३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री र नगद उपलब्ध गराउदैँ आएको अध्यक्ष शेर्पाले बताइन् ।
 

संस्थाका अध्यक्ष साङ डोमा शेर्पा

‘कक्षा दुईदेखि सातसम्म मासिक एक हजार, आठदेखि दश कक्षासम्म मासिक १५ सय र प्लसटुमा अध्ययनरत विद्यार्थीले मासिक २५ सय रुपैयाँका दरले छात्रवृत्ति पाउँछन् । उक्त रकममा पनि २५ प्रतिशत स्टेशनरी सामग्री, २५ प्रतिशत नगद र ५० प्रतिशत उनीहरुको नाममा विद्यालयको कोषमा रकम जम्मा गरिदिन्छौँ । सो रकम उनीहरुले १२ पास गरेपछि मात्र निकाल्न सक्छन्’ उनले भनिन् ।
सामुदायिक विद्यालयमा कक्षा दुईदेखि १२ कक्षासम्म अध्ययनरत बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराएको उनले जानकारी दिइन् । आर्थिक अवस्था कमजोर, पढाई राम्रो भएका आधारमा विद्यार्थीको छनौट गरी छात्रवृत्ति दिने गरिएको संस्थाले जनाएको छ । ग्रामीण क्षेत्रका बालबालिकाहरु आर्थिक अवस्थाका कारण शिक्षाबाट बञ्चित हुन नदिन सन् २०१६ देखि गोरखा नगरपालिकामा छात्रवृत्ति कार्यक्रम लागू गरिएको थियो । 
त्यस्तै, नगरपालिका भित्रका विन्दवासिनी, बालमन्दिर र नवज्योति माविमा पुस्तकालय परियोजना संचालनमा छ । ‘सामुदायिक विद्यालयका लाइब्रेरीमा किताबहरु त्यतिकै थन्किएका छन्, त्यसैले पुस्तकालयलाई थप व्यवस्थित बनाउन, विद्यार्थी, शिक्षक र समुदायका मानिसहरुलाई समसामयिक ज्ञानको दायरा बढाउन तथा पढ्न उत्प्रेरित गर्न यो परियोजना संचालन गरिएको हो’, उनले भनिन् ।
यसका लागि प्रत्येक विद्यालमया एक÷एक कर्मचारी राखिएको छ । तीन जना पुस्ताकालय कर्मचारी र दुई जना शिक्षकलाई तलब संस्थाले दिदै आएको छ । कोभिडपछि धेरै विद्यार्थीहरुमा पढ्ने बानी हराएकाले उनीहरुका लागि यो परियोजनाले धेरै सघाउने शेर्पाले बताइन् । यो परियोजना संचालनका लागि एउटा विद्यालयमा वार्षिक ७ लाख रुपैया उपलब्ध गराउदै आइरहेको जनाएको छ ।
विद्यालयको माग र आवश्यकताको आधारमा आगामी दिनहरुमा अन्य विद्यालयमा पनि दिगो पुस्ताकालय परियोजना संचालन गर्ने तयारीमा रहेको उनले बताइन् ।

छात्रवृत्ति वितरण र दिगो पुस्तकालय परियोजनाका लागि वार्षिक २८ लाख ३८ हजार रुपैया उपलब्ध गराउदै आएको छ । हरेक वर्ष विद्यार्थीको संख्या अनुसार छात्रृत्तिका लागि वितरण गरिने रकम भने केही घटबढ हुने जनाएको छ ।
यस्तै, संस्थाले यसअघि नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजा र अंग्रेजी सिकाई अभिवृद्धि कार्यक्रम संचालनमा थियो । दिवा खाजा कार्यक्रम भने हाल नगरपालिका आपैmले संचालन गरिरहेका छन् । त्यस्तै, अग्रेजी सिकाई अभिवृद्धि कार्यक्रम कोभिडका कारण रोकिएको बताउँदै केही महिना पछि संचालन गर्ने तयारीमा रहेको संस्थाकी अध्यक्ष शेर्पाले जानकारी दिइन् ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho