फोनिज अध्यक्षमा रविन श्रेष्ठ

२०७८ पौष १, विहिबार


ओखलढुंगा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा रविन श्रेष्ठ चयन भएको छ । महासंघको दोस्रो अधिवेशनबाट भिजन एफएममा कार्यरत श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वस्म्मत चयन गरेको हो । 
समितिको उपाध्यक्षमा आफ्नो एफएमका रामहरि श्रेष्ठ, सचिवमा भिजन साप्ताहिकका एसवि जेरो, कोषाध्यक्षमा रेडियो ओखलढुंगाका सोनिमा शेर्पा र सहसचिवमा आफ्नो एफएमकै मीनाकुमारी श्रेष्ठ रहेका छन् । त्यस्तै, सदस्यहरुमा निश्चल राजभण्डारी, डेनिश मगर, शारदा राई, शेरसाङ्गे शेर्पा, माया राई र सविना राई सर्वसम्मत चयन भएका छन् । समितिको पदावधि ३ बर्षको रहनेछ । अध्यक्ष श्रेष्ठ नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाका उपाध्यक्ष समेत हुन् । 
जिल्ला अध्यक्षका लागि तत्कालिन उपाध्यक्ष रविन श्रेष्ठ र सचिव विएन श्रेष्ठको दाबी गरेपनि सहमतिमा नेतृत्व चयन गर्न निर्वाचन समिति सफल भएको हो । 

पत्रकार शिव ढुंगानाको अध्यक्षतामा गठित निर्वाचन समितिले दीपेन्द्र रुम्दाली, विनुमाया राई र कुम्भराज राईलाई संघीय पार्षद् र प्रदेश पार्षद्मा प्रमिला श्रेष्ठ, कुलबहादुर तामाङ, कृष्णजीत राई र विएन श्रेष्ठलाई पाउने निर्णय गरेको जनाएको छ । अधिवेशनको उद्घाटन सत्र पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र रुम्दालीको प्रमुख आतिथ्यतामा सिद्धिचरण नगरपालिकाका मयेर मोहन श्रेष्ठ, एकिकृत समाजवादीका केन्द्रीय सदस्य नेत्र भट्टराई, पत्रकार महासंघ जिल्ला अध्यक्ष लाक्पा जी शेर्पा,  प्रेस युनियनका जिल्ला अध्यक्ष जीवन शर्मा, प्रेस चौतारीका जिल्ला अध्यक्ष सरस्वती बाँनिया, प्रेस मञ्चका जिल्ला अध्यक्ष विनुमाया राई, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य शिव ढुंगाना लगायतका उपस्थिती थियो । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho