धरानमा शेर्पा लेखौं, शेर्पा लेखाऔं कार्यक्रम सम्पन्न

सोनाम शेर्पा

२०७८ कार्तिक १४, आईतबार


सुनसरी (शेर्पाखबर) । यहाँको धरान नगरपालिकामा राष्ट्यि जनगणना सम्वन्धि सचेतना तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । शेर्पा लेखौं, शेर्पा लखाऔं महाअभियान अन्तर्गत कार्यक्रम सम्पन्न भएको हो । 
नेपाल शेर्पा संघ केन्द्रीय समितिको आयोजना र जिल्ला समिति सुनसरीको व्यवस्थापनमा भएको कार्यक्रममा जनगणना २०७८ मा शेर्पाहरुले खेल्नु पर्ने भूमिका र तथ्यांकलाई सही रुपमा टिपाउन सचेत हुनुपर्नेमा केन्द्रीय थियो । 
नेपाल शेर्पा संघले यस सम्वन्धमा देशव्यापी अभियान सञ्चालन गरिरहेको छ । आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने मूल गणनामा नाम, थरको महलमा शेर्पा कोड नं ३४, मातृभाषामा शेर्पा कोड नं १९ र दोस्रो भाषामा भोट र धर्ममा बौद्ध कोड नं २ लेखाउनु पर्ने कार्यक्रमका प्रमुख अतिथि नेपाल शेर्पा संघका केन्द्रीय उपमहासचिव फूर्वा तेन्जीङ शेर्पाले जानकारी गराए ।
२०५८ बाट २०६८ मा आईपुग्दा शेर्पाहरुको जनसंख्या अकल्पनीय रुपमा घटेकाले १०–१० बर्षमा हुने राष्ट्रिय जनगणनालाई महत्व दिनु पर्नेमा उपमहासचिव शेर्पाको जोड थियो ।
कार्यक्रममा स्वागत मन्तब्य– प्रदेश न १ का अध्यक्ष नवाङ लप्टु शेर्पा र सल्लाहकार गेल्बु शेर्पा दिए । 
शेर्पा संघ जिल्ला कार्य समिति सुनसरीका अध्यक्ष प्रमोद शेर्पाले वैचारिक रुपले शेर्पाहरु जुनै राजनीतिक पार्टीमा भए हामीहरु राजनितिक हिसाबले हस्तक्षेप गर्न सक्ने स्थानमा पुग्नु पर्ने बताए । 
शेर्पाले राजनितिद्वारा नै समुदायको विकास र समृद्धि प्राप्त हुनेमा जोड दिँदै जनसंख्याले राजनीतिमा ठूलो प्रभाव पार्ने भएकाले जनगणनामा सक्रिय सहभागिता रहनु पर्नेमा सहभागिहरुले जोड दिए । उक्त सचेतना कार्यक्रमको संयोजक वाङ्छु शेर्पा र संचालक सचिव तेन्जिङ शेर्पाले गरेका थिए ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार गेल्बु शेर्पा, केन्द्रीय सदस्य ए.पि. शेर्पा, तेन्जिङ खापा शेर्पा, महिला संघका अध्यक्ष कल्पना शेर्पा, नगर तथा गाउँपालिकाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती थियो ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho