स्वास्थ्य मापदण्ड नपनाई व्यवसाय सञ्चालन

शेर्पाखबर

२०७८ अश्विन २२, शुक्रबार


ओखलढुंगा (शेर्पाखबर) । जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाले यहाँको रुम्जाटार बजार क्षेत्रको पसल तथा व्यवसायको अनुगमन गरेको छ । १९ वटा  पसल अनुगमनका क्रममा व्यवसायीहरुले स्वास्थ्य मापदण्ड पालना गरेको पाइएन । 
सुरक्षा मापदण्ड पूरा नगरेको पाइएपछि अनुगमन टोलीले सुरक्षा मापदण्ड पूरा गरेर मात्रै पसल सञ्चालन गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रतिमा ढकालले जानकारी दिए । 
ती पसलहरुबाट म्याद गुज्रिएको सामानहरु भने नभेटिएको अनुगमन टोलीका सदस्य देवीका आलेमगरले जानकारी दिइन् । जिल्ला प्रशासन र सिद्धीचरण नगरपालिकाको संयूक्त अनुगमन टोलीले बजार अनुगमन गरेको थियो । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho