नेपाली कांग्रेसका यी शेर्पाहरुले जिते दोलखा र रामेछापमा

शेर्पाखबर

२०७८ अश्विन २२, शुक्रबार


काठमाडौं (शेर्पाखबर) । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दोलखा र रामेछापबाट शेर्पाहरुले केन्द्रीय महाधिवेशन प्रतिनिधी विजयी हासिल गरेका छन् । दोलखाबाट ३ र रामेछापबाट २ जना शेर्पाले विजयी हासिल गरेका हुन् । 
दोलखाबाट प्रतिनिधी सभा सदस्य जिपछिरिङ लामा शेर्पा, छिरिङ डोल्मा शेर्पा र च्याङा शेर्पा निर्वाचित भएका छन् भने रामेछापमा आङ टावा शेर्पा र गेल्जे लामा शेर्पा विजयी भए । 
खुल्लातर्फबाट जिपछिरिङ लामाले सबै भन्दा बढी भोट ल्याएर नतिजा हात पारे । पूर्वसांसद आङ टावाले पनि रामेछापबाट खुल्लातर्फबाट जिते । 
नेपाल शेर्पा संघका अध्यक्ष समेत रहनु भएका गेल्जे लामा शेर्पा र मिसेस टुरिजम छिरिङ डोल्मा शेर्पाले आदिवासी जनजाति कोटाबाट जित निकाले । 

यो प्रारम्भिक विवरण हो । नतिजाको विस्तृत विवरण भने आउन बाँकी छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho