माओवादी विदेश विभागमा पूर्व राजदूत शेर्पा

लाक्पा जी शेर्पा

२०७८ अश्विन २१, विहिबार


काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले विदेश मामिला विभागको गठन गरेको छ । पूर्वमन्त्री सुरेन्द्र कार्कीको अध्यक्षतामा बनेको ३१ सदस्यीय विदेश मामिला विभागमा पूर्वराजदूत लक्की शेर्पासमेत रहेका छन् । 
त्यस्तै, पूर्वमुख्य सचिव तथा चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौड्याल र डा. महेश मास्केसहित पूर्वराजदूतहरू सदस्य बनेका हुन् । उनीहरू दुवै चीनका लागि पूर्वनेपाली राजदूत हुन् ।

त्यस्तै विभागमा पूर्वराजदूतहरु ऋषिराम अधिकारी, युवनाथ लम्साल, राममणि पोखरेल, पदम सुन्दास, महेन्द्र सिंह पनि छन् ।
अन्य सदस्यहरूमा जोखबहादुर महरा, ओम शर्मा, विमल अधिकारी, रुपक सापकोटा, प्रमोद जैसवाल, सुनिल पौडेल, अमन श्रेष्ठ, प्रदीप परियार, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला, टिवी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली, बाबुलाल पुन र श्यामकुमार श्रेष्ठ छन् ।
शेर्पा संविधानसभा सदस्य समेत हुन् । अष्ट्रेलियाका लागि राजदूत बनेकी शेर्पा विवादित भएपछि कार्यकाल पूरा नहुँदै नेपाल फर्केकी थिइन् । शेर्पा समुदायमा प्रखर नेतृको रुपमा परिचय बनाएकी पूर्वराजदूत शेर्पा बौद्धिक व्यक्तित्वको रुपमा चिनिन्छन् । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho