मानेभन्ज्याङका १९ पसलबाट म्याद गुज्रेको सामान बरामद 

ङावा शेर्पा

२०७८ अश्विन १९, मंगलबार


असोज १९, २०७८
ओखलढुंगा (शेर्पाखबर) ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले मंगलबार मानेभञ्ज्याङ गाउँपालिका अन्तर्गतका बजार क्षेत्रको अनुगमन गरेकोे छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रतिमा ढकालको संयोजकत्वमा यस क्षेत्रका प्रमुख बजार केत्तुके र मानेभञ्ज्याङका खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरेको हो । 
मानेभञ्ज्याङ गाउँपालिकाको आयोजनामा उपभोक्ता हित संरक्षण ऐन २०७५ तथा प्रदेश बजार अनुगमन नियमावली २०७६ बमोजिम जिल्ला स्थित बजारक्षेत्रको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ । अनुगमनामा खाद्यन्न पसल, किराना तथा फलफुल पसल लगायतका ब्यवसायको अनुगमन गरे । 
केत्तुके, मानेभञ्ज्याङ बजार क्षेत्रका १९ वटा पसल व्यबसायको अनुगमनमा अधिकाशं पसलमा मुल्य सूची टाँस नगरेको, बिना दर्ता सञ्चालन भएको, म्याद गुज्रेको सामान भेटिएको, विल भरपाइ नभएको र स्वास्थ्य मापदण्ड पालना नगरेको पाईएको सप्रजिअ ढकालले बताइन् । १९ वटा पसल व्यवसायबाट म्याद गुज्रेको चिसो पेय पर्दाथ, बिस्कुट,मसला, दालमोठ, चिचबल बरामद गरिएको अनुगमन टोलीका सदस्य नायब सुब्बा टंक रम्तेलले जानकारी दिए । अनुगमनकै क्रममा कम तौलका खुद्रा चिनीका पोका, दाल लगायत तौल जन्य उपभोग्य सामाग्री समेत बरामत गरेका छन् ।
 

अनुगमनको क्रममा किराना पसलहरुमा स्वास्थ्य मापदण्ड पालना नगरेको पाईएकोले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न साथै स्वच्छ र स्वास्थ्याकर खाद्यान्य बिक्री वितरण गर्न निर्देशन समेत दिईएको छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रतिमा ढकाल, मानेभन्ज्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार शाह, शिक्षा अधिकृत फडिन्द्र कटवाल, नासु टंक रम्तेल, प्रहरी चौकि मानेभञ्ज्याङका प्रहरी नायव निरीक्षक पदम ब. खड्का, नेपाल पत्रकार महासंघ ओखलढुंगाका प्रतिनिधि कुलबहादुर तामाङ लगायत रहेका थिए ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho