टाक्सिन्दु शेर्पा किदुगको जनगणना जागरण कार्यक्रम

मिङमार शेर्पा

२०७८ अश्विन १७, आईतबार


काठमाडौं (शेर्पाखबर) । टाक्सिन्दु शेर्पा किदुगको आयोजनामा जनगणना २०७८ सम्वन्धी कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनगणना २०७८ सम्वन्धि जागरण तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा सोलुखुम्बु टाक्सिन्दु क्षेत्रका शेर्पाहरुमाझ अन्तक्र्रिया भएको हो । सोही कार्यक्रममा गणक छिरिङ शेर्पालाई सम्मान समेत गरे । 
जागरण तथा अन्तक्र्रिया कार्यक्रममा आगामी जनगणना २०७८ मा कोही पनि शेर्पाहरु नछुटिउन र विवरणहरु सही रुपमा टिपाउन सजक गराउने हेतुले आयोजना गरिएको किदुगका महासचिव पासाङ निमा शेर्पाले जानकारी दिए । 
कार्यक्रममा नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले जनगणनाको आवश्यकता, महत्व र हाम्रो भूमिकाको बारेमा विचार राखे । जनगणनाले पार्ने आर्थिक, सामाजिक, राजनैतिक लगायत सबै क्षेत्रमा असर र प्रभाव पार्ने भएकाले सबै चनाखो हुनुपर्नेमा महासचिव शेर्पाले जोड दिए । नीति, निर्माण, राज्यको सेवा सुविधा लगायतका क्षेत्रमा जनसंख्याले प्रभाव पार्ने बताउँदै महासचिव शेर्पाले १०–१० बर्षमा मात्रै जनगणना हुने भएकाले सबैले यसमा चासो राख्नुपर्ने बताए । 
अन्तक्र्रियामा नेपाल शेर्पा संघको नीति, योजना र अघि सारेका कार्यक्रमका बारेमा केन्द्रीय सचिव लाक्पा जी शेर्पाले सहजिकरण गरे । लोकसेवा आयोग, शेर्पा संघसंस्थासँग समन्वय लगायतका विषयमा शेर्पाले प्रष्ट पारे । 
कार्यक्रममा सहभागिहरुले आगामी जनगणनामा नेपाल शेर्पा संघले अघि सारेको शेर्पा लेखौं, शेर्पा लेखाऔं अभियानलाई सफल पार्न लागि पर्ने प्रतिबद्धता जनाए । गणक तथा सुपरीवेक्षकहरुलाई प्रोत्साहन स्वरुप भत्ता समेत उपलब्ध गराउने तयारी रहेको सो अवसरमा किदुगका महासचिव शेर्पाले जानकारी दिए ।
कार्यक्रममा सोलुखुम्बुबाट विभिन्न पेशाव्यवसाय सञ्चालन गर्न राजधानी आएका शेर्पाहरु सहभागि थिए ।  
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho