राप्रपा ओखलढुंगाको अध्यक्षमा पदमकुमारी गुरुङ चयन

शेर्पाखबर

२०७८ अश्विन १६, शनिबार


ओखलढुंगा (शेर्पाखबर) । राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अध्यक्षमा पदमकुमारी गुरुङ सर्वसम्मत चयन भएकी छन् । गुरुङको अध्यक्षतामा १५ सदस्य जिल्ला कार्यसमिति चयन भएको हो । 
वरिष्ठ नेता तथा पूर्व गृहमन्त्री बुद्धिमान तामाङको प्रमुख आतिथ्यतामा सदरमुकामस्थित एक होटलमा सम्पन्न अधिवेशनले स्थानीय तहको संयोजक समेत तोको छ । 
जसमा, सिद्धिचरण नगर सभापतिमा नवराज श्रेष्ठ, चिशंखुगढीमा गुणबहादुर बस्नेत, मोलुङ गाउपालिकामा गीता कार्की, सुनकोशी गाउँपालिकामा डिल्ली कुमारी राई, चम्पादेवी गाउँपालिकामा रितबहादुर कार्की, मानेभञ्ज्याङ गाउपालिका सभापतिमा चित्र कुमारी अधिकारीलाई जिम्मेवारी दिइएको  छ । 
 

कार्यक्रममा बोल्दै पूर्वमन्त्री तामाङले राप्रपाको अजेण्डा देशमा राजा सहितको हिन्दु राज्य भएको बताए   । एकताको प्रतिकका रुपमा राजसंस्था आवश्यक रहेको बताउँदै तामाङले गणतन्त्रका नाममा जन्मिएका हजारौं छोटेराजाहरु भन्दा नेपाली नागरिकले एउटै राजा खोजेको दाबी गरे ।
अर्को प्रसंगमा तामाङले संघीयताका नाममा स्थानीय तहदेखि प्रदेश र संघसम्मको खर्च देशले धान्न नसक्ने भएको उल्लेख गर्दै तामाङले भने ‘प्रदेश संरचना समेत आवश्यक छैन ।’ राजनीतिक दलहरुले आफू राजा झैं बन्न राजसंस्था चाहिदैन भनेर जनमतको विपक्षमा काम गरिरहेको नेता तामाङको आरोप छ । 
देशमा रहेको करिव ८४ प्रतिशत ओमकार परिवारका पक्षमा निरन्त आफूहरुले हिन्दु राष्ट्रको पक्षमा उभिएको नेता तामाङको भनाइ छ । राप्रपाका निमित्त सचिवालय प्रमुख राजेन्द्र गुरुङले नेपाल र नेपालीको भरोसा योग्य पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी हुने दाबी गरे । उनले अघि भने ‘अन्य दलका नेताकार्यकर्ताहरुले विकल्पका रुपमा राप्रपालाई अघि सारेको छ । अब केही महिनामा देशभर राप्रपाको लहर आउनेछ ।’ गुरुङले सम्पूर्ण राष्ट्रबादीहरु एकाकार भएर राजासहितको हिन्दु राष्ट्र निर्माण गर्ने अभियानमा जुट्नुपर्नेमा जोड दिए । 
आगामी कार्तिक २७,२८ र २९ गते हुने पार्टीको महाधिवेशज लाई लक्षित गरी जिल्ला अधिवेशनहरु धमाधम भइरहेका छन् ।  
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho