ओखलढुंगा कला–साहित्य समाजको अध्यक्षमा राज राई

लाक्पा जी शेर्पा

२०७८ अश्विन १६, शनिबार


काठमाडौ (शेर्पाखबर) । ओखलढुंगा कला साहित्य समाज काठमाडौंको अध्यक्षमा राज राई सर्वसम्मत चयन भएको छ । दोस्रो महाधिवेशनबाट राईको नेतृत्व सर्वसम्मत चयन भएको हो ।
त्यस्तै, बरिष्ठ उपाध्यक्षमा गोपाल सेन्चुरी, प्रथम महिला उपाध्यक्षमा ल्हमु शेर्पा, उपाध्यक्ष रोकेमी राई, महासचिव, रामनाथ घिमिरे, सचिव, जितेन्द्र बाँनिया, सहसचिव, निरुता सेन्चुरी, कोषाध्यक्ष जिवन बम्जन, सहकोषाध्यक्ष बुद्धि सुवेदी लगायत छन् ।  कार्यसमित १७ सदस्यीय चयन भएको अध्यक्ष जनाएको छ । 
अध्यक्ष गम्बु शेर्पाको अध्यक्षतामा भएको महाधिवेशन उद्घाटन सत्र बरिष्ठ जनवादी गायक रामेश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा जिल्लाबाट राजधानीमा आई कला र साहित्य क्षेत्रमा साधनारत सयौं कलाकार, साहित्यकार, पत्रकारहरुको उपस्थिती थियो । 
कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै बरिष्ठ पत्रकार तथा समालोचक पुरुषोतम दाहालले ओखलढुंगा कला, साहित्य र पत्रकारितामा सपुत जन्माउने थलो रहेको चर्चा गरे । कलाकारलाई राष्ट्रको गहना बताउने गरेको प्रति फरक मत राख्दै उनले कलाकारहरु राष्ट्रको स्पन्दन रहेको दाबी गरे । उनले कलाकार, लेखक, पत्रकार, साहित्यकारहरु परिवर्तनकारी र जनताको पक्षपाति हुने भन्दै यसमा कसैलाई राष्ट्रवादी, यथास्थितीवादी, जनवादी भनेर विशेषण जोड्न नहुनेमा जोड दिए । 
स्वागत मन्तव्य राख्दै समाजका सल्लाहकार समेत रहेका सल्लाहकार चेतनाथ धमलाले ओखलढुंगाले मेलवादेवी, सिद्धिचरण श्रेष्ठ जस्ता अम्मर साहित्यकारहरुलाई जन्माएको चर्चा गरे । उनले यो इतिहासलाई जोगाउने  र स्रष्टाहरुलाई सम्मान गर्न समाज स्थापना भएको बताए । 
कार्यक्रममा संविधानसभा सदस्य रामहरि खतिवडा, चर्चित कलाकारहरु, बरिष्ठ पत्रकार तथा साहित्यकार, खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोक्का, साहित्यकार डा. धनप्रसाद सुवेदी लगायत उपस्थित थिए । 
कार्यक्रमकैवीच जिल्लाबासी स्रष्टाहरुलाई अभिनन्दन गरे । त्यस्तै, गजलकार जितन्द्र बाँनियाको गजल संग्रह देशको ऐना सोही अवसरमा विमोचन गरे । जिल्लावासी कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रमले जिल्लावासीहरुलाई कला र साहित्यको माध्यमबाट जोड्ने बलियो आधार बनेको सहभागिहरुले चर्चा गरे । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho