कांग्रेस महाधिवेशन प्रतिनिधीमा शेर्पा संघ अध्यक्षको उम्मेद्वारी

कान्छीमा शेर्पा

२०७८ अश्विन १६, शनिबार


काठमाडौं (शेर्पाखबर) । आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रतिनिधिका लागि नेपाल शेर्पा संघका अध्यक्षले उम्मेद्वारी घोषणा गरेका छन् । अध्यक्ष गेल्जे लामा शेर्पाले रामेछाप जिल्लाबाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्धारी घोषणा गरेका हुन् । 
अध्यक्ष शेर्पाले लव श्री न्यौपाने समूहबाट रामेछाप जिल्ला जनजातितर्फ कोटामा महाधिवेशन प्रतिनिधीमा उम्मेदवारी घोषणा गरे । यससँगै अध्यक्ष शेर्पा जिल्लामा चुनावी अभियानमा सक्रिया बनेका छन् । 
शेर्पा आफूलाई यसअघि स्वतन्त्र व्यवसायीको रुपमा चिनाउँदै आएका थिए । शेर्पा संघको छैठौं महाधिवेशनमा आफूलाई स्वतन्त्र उम्मेदवार दावी गरेपनि शेर्पाले कांग्रेस निकट लोकतान्त्रिक शेर्पा संघको व्यानरमा उम्मेद्वारी घोषणा गरेपछि राजनैतिक वृत्तमा बहसको विषय बनेको थियो । 
नेपालको प्रसिद्ध निर्माण व्यवसाय कम्पनीका सञ्चालक रहेका शेर्पा ‘क’ बर्गको निर्माण व्यवसायी समेत हुन् । सामाजिक सेवा र सांस्कृतिक जागरणका क्षेत्रमा चर्चा कमाएका शेर्पाले व्यवसाय, समाजसेवासँगै राजनीतिलाई पनि समयानुकुल अघि बढाउने योजना रहेको बताए । उनले राजनैतिक व्यवस्था सुदृढिकरण गर्दै लोकतन्त्रलाई बलियो बनाउन आफ्नो उम्मेद्वारी रहेको बताए । आफूले जित हासिल गरेमा समग्र पार्टी पंक्ति र पार्टीप्रति आस्था विश्वास अझ प्रगाढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । आदिवासी जनजाति कोटाबाट उम्मेदवारी घोषणा गर्दै शेर्पाले आफू सिंगो आदिवासी जनजातिहरुको समयसापेक्ष माग र मुद्दाहरुको राजनैतिक रुपमा निकास खोज्न क्रियाशिल हुने बताए । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho