राष्ट्रिय जनगणनाः बाँकेमा शेर्पा संघको जागरण कार्यक्रम

सोनाम शेर्पा

२०७८ अश्विन १६, शनिबार


नेपालगन्ज (शेर्पाखबर) । राष्ट्रिय जनगणना २०७८ सम्वन्धि सचेतना तथा जागरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल शेर्पा संघ केन्द्रीय समितिको आयोजनामा भएको जागरण तथा सचेतिकरण कार्यक्रमका जिल्ला कार्यसमिति बाँकेको व्यवस्थापनमा सम्पन्न भएको हो । बाँकेको नेपालगन्जका शेर्पा समुदायवीच सम्पन्न कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ मा शेर्पा समुदायको यथेष्ट जनसंख्या संकलनलाई केन्द्रीयत रहेको बाँके संयोजक तेन्जी शेर्पाले जानकारी दिए । 

 

बाँके कार्यसमितिका अध्यक्ष पेमा छिरी शेर्पाको अध्यक्षतामा यहाँको बौद्धगुम्बामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष समेत रहका संयोजक शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जिल्ला समितिका महासचिव लाक्पा शेर्पाले जानकारी दिए । 
कार्यक्रममा केन्द्रीय सचिव लाक्पा जी शेर्पाले संघको वर्तमान अवस्था, नीति, आगामी कार्यदिशा र जनगणनाको सन्दर्भमा खेल्नुपर्ने भूमिकाको बारेमा सहजिकरण गरे । सोलुखुम्बु, ओखलढुंगा र रामेछाप लगायतका जिल्लाबाट अवसरको खोजी गर्दै यहाँ करीव २ सय ५० शेर्पाहरु बसोवास गरिरहेका छन् । 
शेर्पाहरुको जनसंख्या घट्दै गएको सन्दर्भमा जनगणनाप्रति सचेत हुनुपर्ने कार्यक्रमले निष्कर्ष निकाले । 
 

कार्यक्रमलाई संवधोन गर्दै केन्द्रीय उपाध्यक्ष समेत रहेका संयोजक शेर्पाले संघको विधान, नीति, कार्यक्रम अनुरुप उद्देश्य प्राप्तीका लागि विभिन्न अभियान सञ्चालन गरी रहेको बताए । संयोजक शेर्पाले राष्ट्रिय जनगणना २०७८ मा शेर्पा समुदायको यथेष्ठ जनसंख्या पत्ता लगाई राज्यको हरेक निकायमा शेर्पा समुदायको व्यापक सहभागिता गराउने मूल धेय रहेको बताउँदै भने “हाम्रो अधिकार स्थापित गर्दै राज्यको हरेक तह तप्कामा सहभागिताका लागि जनगणनाले विशेष महत्व राख्दछ । यसलाई सार्थक बनाउन आज तपाईहामी यहाँ उपस्थित छौं ।”
हरेक १०–१० बर्षमा हुने जनगणना २०७८ भाद्र ३० गतेदेखि अशोज १८ गतेसम्म घर तथा घरपरिवार सूचिकरण गर्ने कार्य भैरहेको जानकारी गराउँदै संयोजक शेर्पाले भने “ यसलाई जनगणनामा पहिलो चरणको कार्यक्रमको रुपमा लिनुपर्दछ भने मूल गणना भने २०७८ कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुदैछ । यसलाई दोस्रो तथा महत्वपूर्ण चरणको रुपमा लिनुपर्दछ ।”
 

नेपाल शेर्पा संघ बाँके जिल्ला समितिका अध्यक्ष पेमा छिरी शेर्पा

कार्यक्रममा संयोजक शेर्पाले बुँदागत रुपमा यसो भने 
१) हिमाली आदिवासी शेर्पा समुदायको निरन्तर जनसंख्या घटोत्तरीमा रहेको अवस्थामा हाम्रो भाषा, धर्म, संस्कृति र परम्परागत मान्यताहरुलाई स्थापित गर्न जनगणनाले विशेष महत्व राख्दछ । यसबाट हामीलाई प्रत्यक्ष असर पनि पार्दछ । राज्यको हरेक निकायमा हाम्रो उपस्थितीका लागि जनसंख्या नै प्रमुख तत्व हो । 
२) भाषा आयोगले प्रदेश, स्थानीय,  र वडा तहमा सरकारी कामकाजको भाषा लागू गर्न सरकारलाई सिफारिस गरेको छ । प्रदेशमा कम्तीमा पनि १ प्रतिशत जनसंख्या भएको प्रदेशलाई सरकारको कामकाजी भाषाका रुपमा रहने व्यवस्था गरेको छ । त्यस्तै, स्थानीय तह अर्थात पालिका र वडामा बहुसंख्याक जनताले बोल्ने १ देखि ३ सम्मको मातृभाषालाई पालिका र वडास्तरको सरकारी कामकाजको भाषा हुने भनेको छ । यसको लागि पनि जनसंख्यालाई नै मूख्य आधार मानेको छ । यसार्थ यसमा हामी सबै सचेत र जागरुप हुनु पर्दछ । 
३) उच्च माध्यामिक तह सम्मको विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिने संविधानमा व्गयवस्था गरेको छ भने आधारभूत कक्षा ५ सम्मको अधिकार वडालाई दिएको छ । जसले गर्दा अबको दिनमा पालिका र वडाले कानून बनाई यस सम्वन्धमा लागू गर्नेछ । यसले गर्दा जनसंख्याको पहिलो, दोस्रो र तेस्रो स्थानसम्मको जनसंख्या भएको समुदायले यो अवसर पाउने छ । जसको लागि पनि जनसंख्याको महत्वपूर्ण भूमिका रहने कुरा रहन्छ । 
कार्यक्रममा बाँके समितिका सल्लाहकार नुरी शेर्पाले स्वागत मन्तव्य राखे भने संयोजक शेर्पाले नगद १० हजार र साउण्डसिस्टम सहयोग गरे । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho