एकल महिलाको पक्षमा वकालत गर्ने अन्जु शेर्पाको योजना

सोनाम शेर्पा

२०७८ श्रावण २५, सोमबार


सोनाम शेर्पा
काठमाडौं (शेर्पाखबर) ।
मिसेस मंगोल नेपाल–२०२१ को ताज पहिरिन सफल अन्जु शेर्पाले एकल महिलाको पक्षमा वकालत गर्ने आफ्नो योजना रहेको बताएकी छिन् । अमेजन इन्टरटेन्टमेन्टले आयोजना गरेको सौन्दर्य प्रतियोगिताको ताज पहिरिएपछि शेर्पाखबरसँग कुराकानी गर्दै उनले आफ्नो भावि योजना सुनाइन् । 
सोलुखुम्बु सल्लेरी पुख्र्यौली घरभई काठमाडौं जोरपाटी वसोवास गर्ने शेर्पाले केही समयअघि १५ आदिवासी मंगोल समुदायका प्रतिस्पर्धी गृहणीहरुलाई पछि पार्दै उपाधी हात पारेकी थिइन् । मिसेस मंगोल नेपालको यो सातौं संस्कार थियो । जसमा पहिलो पटक शेर्पा समुदायबाट अन्जुले ताज पहिरिएकी थिइन् । 
बाल्यकालदेखि हङकङ बस्दै आएकी अन्जु पेशाले ‘व्यूटिसियन’ हुन । दार्जिलिङमा जन्मिएकी अन्जुलाई सानै देखि सौन्दर्यकलामा विशेष रुची थियो । सौन्दर्य प्रतियोगितामा सहभागि हुन उनलाई यो पटक कोभिडका कारण सरकारले गरेको निषेधाज्ञाले समय जुराई दियो । आफ्नो रुची र फुर्सदको समय अन्जुले यही प्रतियोगिताका लागि खर्चिइन । ‘धेरै मिहिनेत गरेँ । युट्युव हेरर पनि धेरै कुरा सिकेँ । उपाधी हासिल गर्नं मिहिनेत गर्ने समयपछि ‘लकडाउन’ले नै जुरायो । यो सबै मेरो लागि अवसर हो ।’ उनले भनिन् । 
उपाधी जितेपछि उनले आफ्नो भावि योजना एकल महिलाहरुको पक्षमा वकालत गर्नु रहेको सुनाइन् । शेर्पाखबरसँग आफ्नो भावि योजना, लक्ष्यको बारेमा सुनाउँदै अन्जुले अघि भनिन् ‘विशेष गरी मंगोल समुदायका पीडित महिलाहरुको पक्षमा आवाज वुलन्द गर्नु मेरो जिम्मेवारी हो । विभिन्न समस्याका कारण सडकमा भौतारिरहेकी एकल महिलाको अधिकारका लागि काम गर्ने रुची छ । यही योजना हो ।’
कानूनी उपचारका मार्गहरु थाहा नहुँदा धेरै एकल महिलाहरु पीडामा वस्नु परेको तितो यर्थाथ समाजमा पाएको बताउँदै अन्जुले भनिन् ‘कतिपय घटनाहरु यतिकै सेलाउँछन्, कानूनी उपचार थाहा नहुँदा पीडितहरु न्यायिक निकायसम्म नपुग्दै निराश भैसकेका हुन्छ । यस्तो धेरै घटनाहरु छन् । यसमा पनि विशेष गरी एकल महिलाहरु बढी प्रभावित छन् ।’  एक छोरा र छोरीका आमा अन्जु हङकङको परिचयपत्र वहाक हुन् । उनी आफ्नो भाषा, संस्कार, संस्कृतीलाई पनि असध्यै माया गर्छिन । यही कारणले पनि आफूले उपाधी हात पार्न सफल भएको उनको दाबी छ । 
उपाधी जितेपछि यतिवेला अन्जुलाई म्यूजिक भिडियो, लघुचलचित्रमा अभिनयका लागि चारैतिरबाट प्रस्तावहरुको ओइरो लागेको छ । विभिन्न सञ्चारमाध्यमहरुमा अन्तर्वार्तामा उनी व्यस्त छिन् । 
अन्जुलाई नेपाल शेर्पा संघले पनि सम्मान गरेको छ । शेर्पा समुदायको शिर उँचो बनाउन र समुदायलाई सुपरिचित गराउन भूमिका खेलेको भन्दै संघले सम्मान गरेको हो । शेर्पा संघको सम्मानले आफूलाई काम गर्न थप हौसला मिलेको अन्जु बताउँछिन् । ‘हिमाल आरोहण र पर्यटनसँग जोडिएर चिनिने शेर्पा समुदायको पहिचान दिनानुदिन नयाँ–नयाँ तौरतरिकाले फैलिँदो छ । समुदायको वृहत्तर हितका लागि विभिन्न क्षेत्रबाट सबैको सकारात्मक भूमिकाले समुदायलाई छिटो उचाईमा पुग्न सहयोग पुग्दछ ।’ संघले भनेको छ ‘जसमध्ये सौन्दर्य प्रतियोगिता पनि अभिन्न अंग बन्न पुगेको छ  ।’
आदिवासी महिलाहरुवीच प्रतिस्पर्धा गराई लुकेर रहेको क्षमतालाई प्रस्फुटन गर्ने एउटा मञ्चको रुपमा मिसेस मंगोल नेपाल स्थापित भएको छ । यसबाट गृहणी जीवन विताइरहेका प्रतिभा र क्षमताले भरिपूर्ण महिलाहरुले आफूमा भएको दक्षता प्रदर्शन गर्ने सुनौलो अवसर समेत प्राप्त गरेकी छिन् । फुर्सदको सदुपयोग र क्षमता प्रदर्शन गर्न पाउनु सकारात्मक पाटो हो । अन्जुले सौन्दर्यताको पदचापमा मंगोल समुदायमा शेर्पा जातिका लागि उपाधी दिलाउन सफल भएकी छिन् ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho