व्यक्तिको स्वार्थसिद्धसँगै आदिवासी आन्दोलन सेलाउनु हुँदैनः शेर्पा संघ

कान्छीमा शेर्पा

२०७८ श्रावण २५, सोमबार


काठमाडौं (शेर्पाखबर) । २७ औं विश्व आदिवासी दिवस (अगस्त ९) को अवसरमा नेपाल शेर्पा संघले शुभकामना सन्देश जारी गरेको छ । भूमिपुत्र आदिवासी समुदायको अधिकार प्राप्तिका लागि आन्दोलित हुन प्रेरणा मिलोस भन्ने शुभकामना सन्देश जारी गरेको हो ।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यबाट किनारामा पारिएका जातिलाई मूलधारमा स्थापित गर्न सकारात्मक विभेदको सिद्धान्त अपनाउनु पर्ने मुद्दा आफूहरु उठाइरहेको शुभकामना सन्देशमा उल्लेख छ । संघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाद्धारा हस्ताक्षरित शुभकामना वक्तव्यमा संविधानसभा मार्फत संविधान जारी हुँदा धर्म निरपेक्ष, समानुपातिक समावेशी लगायतका विषयहरुलाई सामान्य रुपमा समावेश गरेपनि व्यवहारमा लागू गर्न राज्य हिचकिचाइरहेको आरोप छ । संघले राज्यको यसखाले नियत विरुद्ध सडक, सदन र अन्यमार्गबाट संघर्षका कार्यक्रमहरु जारी राख्नुको विकल्प नभएको भनेको छ । 
विगतमा आफ्नो मौलिक संस्कृति, भेषभूषा, रहनसहन झल्काउँदै सडक आन्दोलनको माध्यमबाट दिवस मनाउने गरेपनि कोभिड १९ को त्रासदीका कारण अधिकारमुखि सडक आन्दोलनमा सरिक हुन नसकेका उल्लेख गर्दै संघले भनेको छ ‘यसर्थ, हामी आन्दोलनबाट थाकेको भने हैन ।’ 
सामाजिक, आर्थिकसँगै राजनैतिक हैसियतलाई उठाउँदै राज्यको मूलधारमा स्थापित हुने, राज्य सञ्चालनका लागि समान हिस्सा खोज्नेतर्फ दिवसबाट शक्ति आर्जन गर्दै अघि बढ्ने प्रेरणा मिलोस भन्ने कामना गरेको संघले मुलुकमा विद्यामान सबै खाले विभेदहरुको अन्त्यका लागि सम्पूर्ण आदिवासी समुदाय एक पटक गोलबन्द भई आन्दोलनको आँधिवेहेरी सिर्जना गर्नुको विकल्प छैन भनेको छ ।  सिमित व्यक्तिको स्वार्थपूर्तिसँगै आदिवासी आन्दोलन सेलाउने र मुद्दाहरु विलय हुने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिँदै संघले २१ औं शताब्दिको उत्ताद्र्धमा अधिकार माग्ने हैन, समान रुपमा वितरण गर्ने हैसियतमा पुग्ने गरी अघि बढ्न बढ्न आदिवासी समुदायमा आह्वान समेत गरेको छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho