फोनिज अवार्ड छापातर्फ सभासद् आङ दावा शेर्पालाई प्रदान गरिने

ङावा शेर्पा

२०७८ श्रावण २३, शनिबार


ङावा शेर्पा

काठमाडौं (शेर्पाखबर) । ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड)–२०७७’ मा छापातर्फ गोरखापत्रका आङ दावा शेर्पा छनौट भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले बार्षिक रुपमा प्रदान गर्ने पुरस्कार अन्तर्गत गोरखापत्र दैनिक शेर्पा मातृभाषा संयोजक शेर्पालाई अवार्डका लागि छनौट गरेको हो । शेर्पा संविधान सभाका सदस्य समेत हुन् । 

त्यस्तै, फोनिज मातृभाषा पत्रकारिता सम्मानका लागि पत्रकारहरु छनौट गरेको छन् । महासचिव मनोज घर्तीमगरद्धारा जारी विज्ञप्तिमा आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड)–२०७७ बाट छापाबाट शेर्पा, रेडियो – मौसम रोकामगर, जलजला एफएम, रोल्पा, टेलिभिजन – कुमार यात्रु (तामाङ), इन्डिजिनियस टेलिभिजन, काठमाडौं र अनलाइन – राजकुमार दिक्पाल, स्वतन्त्र पत्रकार, पोर्चुगल छानिएका हुन् । त्यस्तै, आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार –२०७८ तर्फ छापा – तिलक पुन, स्वतन्त्र पत्रकार, कास्की, रेडियो – रचना श्रेष्ठ, रेडियो नेपाल, काठमाडौं, टेलिभिजन – इन्द्रजीत मुखिया, झापा र अनलाइन – भवानी बराल, झिल्को डटकमलाई छानिए । फोनिजले हरेक वर्ष स्थापना दिवसको अवसरमा प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड)’ गतवर्ष कोरोना भाइरस महामारीका कारण रोकिएकोमा दुवै वर्षका लागि विभिन्न विधामा ८ जना पत्रकार छनौट गरी वितरण गर्न लागेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । 
त्यस्तै, फोनिजको संघीय समितिले यसै वर्षदेखि स्थापना गरेको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८’बाट कैलालीबाट प्रकाशित हुँदै आएको थारु भाषाको पत्रिका पहुरा दैनिक र काठमाडौंबाट प्रकाशित हुने लिम्बू भाषाको पत्रिका तान्छोपा मासिक संयुक्त रुपमा सम्मानित हुने जनाएको छ । फोनिज अवार्डको र फोनिज मातृभाषा पत्रकारिता सम्मानको राशी २० हजारको रहेको छ । फोनिजको २२ औं स्थापना दिवसको अवसरमा साउन २७ गते काठमाडौंमा वितरण गरिनेछ । सोही कार्यक्रममा फोनिज यूके शाखाले प्रदान गर्ने ‘फोनिज यूके पत्रकारिता सम्मान र पुरस्कार’ प्रदान गर्ने कार्यक्रम तय भएको अध्यक्ष डण्ड गुरुङले जानकारी दिए । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho