नेपाल शेर्पा संघको सचिवालय वैठक वस्दै

कान्छीमा शेर्पा

२०७८ श्रावण २२, शुक्रबार


कान्छीमा शेर्पा
काठमाडौं (शेर्पाखबर) ।
नेपाल शेर्पा संघ केन्द्रीय सचिवालयको वैठक शनिबार दिउँसो बस्ने भएको छ । कोभिड महामारीको दोस्रो लहरका कारण लामो समय वैठक वस्न नसकेको अवस्थामा सचिवालयको वैठक बस्ने लागेको हो ।
वर्तमान सन्दर्भमा संघले कस्ता खाले गतिविधिहरु अघि बढाउन सकिन्छ भन्ने लगायत समसामयिक  विषयमा छलफल गर्न सचिवालयको वैठक आह्वान गरेको महासचिव लाक्पा शेर्पाले जानकारी दिए । 
बैठकमा कोभिड महामारीको तेस्रो भेरियन्टका सन्दर्भमा पनि छलफल हुने महासचिव शेर्पाले जानकारी दिए । बैठकले कोभिडका कारण शेर्पा समुदायमा परेको प्रभाव, असर र भावि कार्यक्रमहरुको बारेमा निर्णय लिने अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए । 
शनिबार संघीय कार्यालय नारायणटारमा बस्ने बैठकले रिक्त केन्दीय सदस्यहरु मनोनयन गर्ने संभावना रहेको जनाएको छ । केन्द्रीय समितिमा विधान अनुसार अध्यक्षले मनोनयन गर्ने ६ मध्ये २ जना केन्द्रीय सदस्य यसअघि नै मनोनित भएको छ । बाँकी २ जनाको मनोनयनको विषय शनिबार टुंगो लाग्ने सहकोषाध्यक्ष बाबुकाजी शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho