तीनवटा ब्रान्ड थप्दै शेर्पा ब्रुअरी

शेर्पाखबर

२०७८ श्रावण २२, शुक्रबार


काठमाडौं । कोभिडको कारणले अन्य व्यवसायलाई जस्तै असर गरेको छ त्यस्तै असर वियर उद्योगलाई पनि गरेको छ । तर, अन्य उद्योग–व्यवसाय सरह यो उद्योगलाई सरकारले सहुलियत, सहयोग गरेको छैन । त्यही पनि वियर उद्योगहरु कसरी बाँच्ने भनेर सबै लागिपरेका छन् ।  
विगत दुईवर्षदेखि सुस्ताएको व्यापारमा सरकारले कर बढाइदिएको छ । जसले गर्दा हामीलाई थप गाह्रो बनाइदिएको छ । 
राज्यले अन्य व्यवसायसरह नै यो उद्योग व्यवसायलाई पनि लिइदिनु पर्‍यो । यो उद्योगले राजस्वमा धेरै टेवा पुर्‍याएको छ । 

त्यसैले यो उद्योगलाई पनि अन्य उद्योग व्यवसाय सरहको नजरले मात्रै सरकारले हेरिदियो भने पनि हामीलाई एक खालको सन्तुष्ट मिल्छ र राज्यको सकारात्मक सहयोगको रुपमा त्यसलाई हामी लिन सक्थ्यौं । 
अहिले व्यापार व्यवसाय सुस्ताएको छँदै छ तर पनि कम्पनी योजना अनुसार अगाडि बढ्नैपर्ने हुन्छ । कम्पनीले एक दुई वर्षको लागि मात्रै योजना बनाएको हुँदैन । दीर्घकालीन सोचअनुसार नै व्यवसाय सुरु गरेका हुन्छौं । सोही अनुसारको योजनामा अगाडि बढेका हुन्छौं । 
उद्यपी अहिले हाम्रो योजना पनि अलिकति सुस्ताएको हो । समयमा योजना पुरा हुन नसक्नु आफ्नो ठाउँमा छ । तर ढिलो भए पनि हामी आफ्नै योजनालाई निरन्तरता दिइनै रहेका छौँ । कम्पनीको योजनाअनुसार नै हामी नयाँ ब्रान्ड ल्याउने तयारी गरिरहेका छौँ । अहिले हामीसँग दुईवटा ब्रान्ड छ, अब तीनवटा ब्रान्ड थपेर पाँच पुर्‍याउँदैछौं । 

नयाँ ब्राण्ड ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ । परीक्षण उत्पादन पनि सुरु गरिसकेका छौं । भोलिको दिनमा महामारीको अवस्थामा सुधार आउँदै गयो भने हामी एक महिनाभित्र नै एउटा ब्रान्ड बजारमा ल्याउछौं । यो वर्षको अन्तिम समयसम्म तीनवटा ब्रान्ड ल्याइसक्छौं । 

वियर त वियर नै हो तर हाम्रो मार्केट आफ्नै खालेको छ । हामीले गुणस्तरमा कहिले पनि सम्झौता गरेका छैनौँ र गर्दैनौँ पनि ।

हाम्रो उत्पादनका कारणले उच्च वर्गले मन पराउने गरेका छन् । सोही कारणले अहिलेको बेलामा पनि हाम्रो मार्केट घटिहालेको छैन । 

हामी आँखामा भन्दा पनि उपभोक्ताको मनमा बस्ने कोशिस गरेर अगाडि बढिरहेका छौं । हाम्रो मुल मन्त्र नै गुणस्तर हो, सोही अनुसार लगानी पनि गरेका छौं । 

शेर्पा ब्रुअरीका प्रमुख कार्यकारी अधिकृत फुर्वा शेर्पासँगको कुराकानीमा आधारित । अनलाइनबाट साभार

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho