मानव अधिकार प्रतिष्ठानको अध्यक्षमा पासाङ निर्विरोध

लाक्पा जी शेर्पा

२०७८ श्रावण १७, आईतबार


अध्यक्ष पासाङ तामाङ


काठमाडौँ (शेर्पाखबर) । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान बौद्ध शाखाको आठौँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले पासाङ तामाङलाई सभापतिमा चयन गरेको हो । 
त्यस्तै, उपसभापति सुरेश घिसिङ र चन्द्रमाया तामाङ, सचिव सार्की शेर्पा, सहसचिव लाक्पा शेर्पा, कोषाध्यक्ष दावा लामा, सहकोषाध्यक्ष रमेश लामा रहेका छन् । 
सदस्यहरुमा छिरिङ टसी घले, तेन्जिङ छोपेल लामा, कर्म पेम लामा, सोनाम डोल्कर महर्जन, शेरब बहादुर तामाङ, कुसाङ शेर्पा, वाङ छिरिङ शेर्पा, सोनाम याङ्जी शेर्पा र ङवाङ डोल्मा शेर्पा चयन भएको नवनिर्वाचित सचिव शेर्पाले जानकारी दिए । भेलाले सल्लाहकार समितिमा छिरिङ निमा, घमान तामाङ, सोनाम शेर्पा, रोजी राणा कार्की, दाछिरी शेर्पा, चेङा छिरिङ शेर्पा र हरि बहादुर दहाल चयन गरे ।
 

सचिव सार्की शेर्पा

हुरफोन बैद्धका सभापति पासाङ घिसिङको अध्यक्षमा सम्पन्न सभामा राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेल, उपाध्यक्ष राजकुमार गुरुङ, उपाध्यक्ष छिरिङ निमा शेर्पा, महासचिव हरिचन्द्र भट्टराई, कोषाध्यक्ष सोनाम शेर्पा लगायतले शुभकामना मन्तव्य राखे । 
महासचिव भट्टराईले नयाँ सदस्यहरुलाई प्रशिक्षण मन्तव्य राख्दै मानव अधिकारको क्षेत्रमा सबै, सँधै सचेत हुनु पर्नेमा जोड दिए । अध्यक्ष खरेलले विकासक्रम, लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रताको विविध पक्षमा प्रकाश पार्दै “हुरफोन” मानव अधिकारको लागि पवित्र र निष्पक्ष अभियान भएको दावी गरे । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho