डा. कुन्जाङ शेर्पा सम्मानित

लाक्पा जी शेर्पा

२०७८ श्रावण १७, आईतबार


काठमाडौं (शेर्पाखबर) । बारबरा फाउन्डेशनले बरिष्ठ मुटुरोग विशेषज्ञा डा. कुन्जाङ शेर्पालाई सम्मान गरेको छ । बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मानबाट शेर्पालाई सम्मान गरेको हो । 
राजधानीमा आयोजित एक समरोहवीच पूर्व राष्ट्रपति डा. रामबरण यादवले शेर्पालाई नगदसहित सम्मान पत्र प्रदान गरे । 
फाउन्डेशनका अध्यक्ष डा. सन्दुक रुइतले शेर्पाले कोभिड १९ का बेला स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कनसहित विशिष्ट सम्मान प्रदान गरेको सो अवसरमा जानकारी दिए । 
 

‘विश्वभरि नै कोरोना भाइरसको महामारीले जनजीवन आक्रान्त परेको छ । नेपालभित्र जनस्वास्थ्य क्षेत्रका समर्पित व्यक्तिहरू आफ्नो स्वास्थ्यको ख्याल नगरि दिनरात नेपालीहरूको सेवामा खटिरहनुभएको छ । अति आवश्यक क्षेत्रमा उत्कृष्ट सेवा गर्ने यस्ता व्यक्तिहरूलाई किया मोर्टसको नेपालमा एक मात्र आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले बारबरा फाउन्डेसनमार्फत एक करोड एक रूपैयाको सम्मान राशीको कोभिड–१९ विशिष्ट सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।’ अध्यक्ष डा. रुइतले जानकारी दिए । 
डा.शेर्पा गंगालाल हृदय रोग निवारण केन्द्र वासवारीमा कार्यरत मुटुरोग विशेषज्ञा हुन् । 
फाउन्डेशनले चिकित्सक, नर्सिङ्ग, प्यारामेडिक, स्वास्थ्य सहयोगी कर्मचारी (शव वाहन ड्राइभर, एम्बुलेन्स ड्राइभर, स्वास्थ्य सरसफाईकर्मी, लण्ड्री लगायत कोभिड–१९ सँग सम्बन्धित कुनैपनि स्वास्थ्य सहयोगी भूमिका), अस्पताल÷स्वास्थ्य संस्थाका व्यवस्थापन, कोभिड–१९ सँग सम्बन्धित जनस्वास्थ्यका विषयमा नीति नियममा योगदान दिएका व्यक्ति÷संस्था, कोभिड–१९ को उपचार तथा रोकथाममा संलग्न निजी क्षेत्र, कोभिड–१९ को निदानमा संलग्न व्यक्ति÷संस्था (जस्तैः पिसिआर ल्याब, कोभिड–१९ खोपसँग सम्बन्धित व्यक्ति÷संस्था) काम गर्नेहरुलाई छनौट गरि सम्मान गरेको हो । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho