लोकसेवा र जनगणनाका लागि शेर्पा संघ वेलायतको सहयोग 

लाक्पा जी शेर्पा

२०७८ श्रावण ८, शुक्रबार


काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघ केन्द्रीय कार्यालयले सञ्चालन गरिरहेको लोकसेवा र जनगणना कार्यक्रमका लागि आर्थिक सहयोग प्राप्त भएको छ । शेर्पा संघ वेलायतले १ लाख ५६ हजार ९ सय ८४ रुपैयाँ आर्थिक सहयोग गरेको हो । 
लोकसेवा आयोग तयारी कक्षा र जनगणना २०७८ सम्वन्धि विभिन्न कार्यक्रम सञ्चालन गर्न संघले यसअघि प्रवासमा पत्रचार गरेको थियो । संघले यसअघि लोकसेवा अन्तर्गत शाखा अधिकृतस्तरको तालिम सम्पन्न गरिसकेको छ । खरीदार र सो सरहको तालिम सञ्चालनको अन्तिम तयारी रहेको अवस्थामा निषेधाज्ञा घोषणा भएपछि कार्यक्रम स्थागित भएको महासचिव लाक्पा शेर्पाले जानकारी दिए । 
शेर्पा संघ वेलायतले नेपाल शेर्पा संघले पछिल्लो समयमा सञ्चालन गरेको कार्यक्रमहरु समुदायका लागि अत्यन्तै प्रभावकारी भएको भन्दै आर्थिक सहयोग गरेको हो । सहयोग रकम संघ केन्द्रीय समितिको खातामा पठाइएको वेलायतका संघका अध्यक्ष आङ दावा शेर्पाले जानकारी दिए । लोकसेवा र जनगणना सम्वन्धि बाँकी कार्यक्रम र अभियानहरु सम्पन्न गर्ने अभियानलाई संघ वेलायतले स्वागत समेत गरेको छ । 
संघ वेलायतले महासचिव रिन्जी शेर्पा रामेछाप ३ सय १५, जाङबु शेर्पा रामेछाप १ सय ३०, अध्यक्ष आङ दावा शेर्पा ओखलढुंगा ९६, पेम्बा शेर्पा गोले सोलु, १ सय, लोप्साङ शेर्पा दोलखा, १ सय, दावा तेम्बा शेर्पा संखुवासभा ८५, निमतेन्जी शेर्पा भोजपुर ५०, शान्त शेर्पा ३०, नुमु शेर्पा सिन्धुपाल्चोक ३५ सङबो शेर्पा ३० पाउण्ड संकलन गरेको थियो । 
शेर्पा संघ वेलायतले नेपालको प्राकृतिक विपती, संस्कार संस्कृति संरक्षण लगायत विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको छ । समुदायको जागरणका लागि प्रवासमा रहेर आर्थिक सहयोग गर्ने महानुभावहरुलाई नेपाल शेर्पा संघको केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले धन्यवाद ज्ञापन गरेको छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho