जसपा युवा नेता सुनुवारको पहलमा खिजीदेम्बामा स्वास्थ्य सामाग्री

मिङमार शेर्पा

२०७८ श्रावण १, शुक्रबार


ओखलढुंगा (शेर्पाखबर) । जनता समाजवादी पार्टीका युवा नेता निर्मल सुनुवारको पहलमा खिजीदेम्बामा विभिन्न स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । अक्सिकन्सन्ट्रेटर, पिपिइ, फेसशिल्ड लगायतका सामाग्री प्राप्त भएको हो । 
अक्सिकन्सन्ट्रेटर १ थान, पिपिइ १० सेट, फेसशिल्ड १० थान गाउँपालिकाको वडा नं. १ स्थित रगनी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो । वडा अध्यक्ष सरोज सुनुवारको रोहबरमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेको सुनुवारले जानकारी दिए । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा प्राप्त सामाग्रीहरु गृह जिल्लामा प्रदान गर्न पाउँदा आफू हर्षित भएको नेता सुनुवारले बताए । 
सामाग्री ढुवानीको जिममा भने स्थानीय भरत सुनुवारले लिएका थिए । नेता सुनुवारले आफूले पहल गरेर सामाग्री स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेतापनि सामाजिक सञ्जालमा स्वास्थ्य चौकीले गतल प्रचार गरेको भन्दै दुःख व्यक्त गरे । ‘यस्तो सामान्य कुरामा राजनीतिकरण नगर्दा राम्रो हुन्थ्यो । आविष्कार केन्द्रमा मैले पहल गरेर यतिका सामाग्री त्यहाँ पुगेको हो । गरेको कामलाई गरेको भन्दा के फरक पर्छ र ?’
जनता समाजवादी पार्टी निकट ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य समेत रहेका सुनुवार जसपा जिल्ला समन्वय समिति, ओखलढुंगाका सदस्य समेत छन् । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho