अन्तरपार्टीमा आङ पेमा शेर्पाको नेतृत्व सफल 

ल्हाक्पा शेर्पा

२०७८ श्रावण १, शुक्रबार


सोलुखुम्बु (शेर्पाखबर) । अन्तरपार्टी महिला सञ्जाल सोलुखुम्बुमा आङ पेमा शेर्पाको पदावधि पूरा भएको छ । एक बर्षे कार्यकाल सफलतापूर्वक पूरा गर्दै शेर्पाको पदावधि सकिएको हो । आङ पेमा जनता समाजवादी पार्टीको तर्फबाट सञ्जालको अध्यक्ष चयन भएकी थिइन् । 
यससँगै अध्यक्षमा दिब्य खालिङ राई चयन भएकी छिन् ।  सदरमुकाम सल्लेरीमा गत सोमबार सम्पन्न अधिबेशनले माओवादी केन्द्रका राईको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति पुनर्गठन गरेको निवर्तमान अध्यक्ष आङ पेमा शेर्पाले जानकारी दिइन् । 
समितिको सचिवमा जनता समाजवादी पार्टीकी सावित्रा विश्वकर्मा र कोषाध्यक्षमा नेपाली कांग्रेसकी टंकी माया बस्नेत सर्बसहमत चयान भएका छन् । नवगठित कार्य समितिले महिलाहरुको अधिकारका निम्ति थप सशक्त ढंगले काम गर्ने सचिव विश्वकर्माले प्रतिबद्धता जनाइन् । महिला अधिकारका निम्ति सबै पार्टीमा रहेका महिला साझा संगठनको रुपमा रहेको सञ्जालले हरेक एक÷एक बर्षमा कार्यसमिति फेरबदल गर्ने परिपाटी छ । 
जसपा नेतृ शेर्पाले राजनीति क्षेत्रमा महिलाहरुको अग्रशर्तका लागि सञ्जालबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । कार्यकाल छोटो भएकाले सोचेजति सबै काम पूरा गर्न नपाएको उनको भनाइ छ । 
आङ पेमा जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष तथा समाजवादी महिला संघका जिल्ला अध्यक्ष समेत हुन् । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho