सिन्धुपाल्चोकका बाढी पीडितलाई नगद राहत वितरण

ल्हाक्पा शेर्पा

२०७८ असार २९, मंगलबार


ल्हाक्पा शेर्पा
काठमाडौं (शेर्पाखबर) ।
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाका बाढी पीडितहरुका लागि नगद राहत प्रदान गरेको छ । फ्रान्स निवासी डाक्टर पासाङ शेर्पाले उपलब्ध गराएको नगद सहयोग नेपाल शेर्पा संघमार्फत हस्तान्तरण गरेको हो । 
संघका केन्द्रीय सदस्य पेम्बा ग्याल्जेन शेर्पाले पीडित ८ परिवारलाई जनही १० हजारका दरले राहत नगद गरेको जानकारी दिए । 
डा. पासाङले ७० हजार र आफैले १० हजार थपेर राहत वितरण गरेको सदस्य शेर्पाले जानकारी दिए । यहाँको वडा नं. २ स्थित याङरी खोलामा अषाढ १ गते आएको बाढीले प्रभावितलाई वडा प्रतिनिधी पेम्बा शेर्पा र रेन्जेन डोल्मा ह्योल्मोको रोहबरमा राहत वितरण गरेका थिए । 
 

राहत प्राप्त गर्नेहरुमा डुग्याल्बो शेर्पा, टासी लामा शेर्पा, ल्हाक्पा डोमा शेर्पा, टासी शेर्पा, तेन्जी शेर्पा, ङेडुप शेर्पा, ग्याल्जेन शेर्पा, साङ्गे शेर्पा, पेम्बा शेर्पा रहेका छन् । बाढीले उनीहरु घरवास विहिन भएका थिए । सोलुखुम्बका स्थायीवासी रहेका समाजसेवी शेर्पाको सहयोगप्रति नेपाल शेर्पा संघले धन्यवाद ज्ञापन गरेका छन् । सहयोग प्राप्त गरेपछि पीडितहरुले थोरै भएपनि राहत महशुस गरेका छन् ।
सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा यसअघि संघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले नगद १ लाखका दरले ३ वटा गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका थिए । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho