सोनाम शेर्पालाई ‘भ्वाइसअफ नेपाल’ मा जिताउने अभियान शुरु

अर्चना शेर्पा

२०७८ असार २९, मंगलबार


अर्चना शेर्पा
काठमाडौं (शेर्पाखबर) ।
सोनाम ग्याल्छो शेर्पालाई ‘भ्वाइसअफ नेपाल’ मा जिताउन शेर्पा कलाकार संघ लगायतले अभियान सञ्चालन गरेको छ । ओप्पो मोवाइलद्धारा प्रस्तुत भ्वाइसअफ नेपालको सिजन थ्रीमा सोनाम टप १२ मा परेसँगै जिताउने अभियान शुरु गरेको हो । 
अनलाईन, एसएमएसबाट भोट दिएर सोनामलाई जिताउन सकिन्छ । बौद्ध निवासी शेर्पा टिम राजुबाट भ्वाइसअफ नेपालमा प्रतिस्पर्धा गरिरहेका छन् ।
सोनाम जिताऔं अभियान घोषणा गर्दै शेर्पा कलाकार संघले भोट गर्न, प्रचारप्रसार गर्न आह्वान गरेको छ । महासचिव दावा के शेर्पाका अनुसार ‘भ्वाइसअफ नेपाल’मा शेर्पा समुदायबाट सोनामको उपस्थितीले सान बढाएको भन्दै उनलाई जिताउन आह्वान गरे । 
सोनामलाई जिताउन विभिन्न ठाउँमा ‘तोरण, तुल, व्यानर’ सहित प्रचार अभियान व्यापक बनाइएको महासचिव शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । सोनामको जितका लागि भन्दै विभिन्न व्यक्तिहरुले कलाकार संघमार्फत भोटिङका लागि आर्थिक सहयोग समेत गरेका छन् । ‘प्रभु पे’ को एप्स डाउन्लोड गरेर निःशुल्क भोट पनि दिन पाइने जनाएको छ । सोनामको भोटिङ कोड ११ हो । सोनाम ग्याल्छो शेर्पा लेखेर ३७००० मा मेसेस पठाएर पनि भोट दिन सकिने व्यवस्था छ । भोट खरीद गरेरपनि उनलाई सहयोग गर्न सकिन्छ । यसका लागि ‘प्रभु पे’ एप्स प्रयोग गर्नुपर्ने हुन्छ । 
शेर्पा समुदायबाट सोनामले गायन क्षेत्रमा उत्कृष्ठता हासिल गर्दै गएको र उनलाई जिताएर शेर्पा समुदायको कलाकारिता र सांगितीक उचाई बढाउन भन्दै सामाजिक सञ्जालमा व्यापक प्रचारप्रसारसहितको अभियान सञ्चालन भइरहेको छ ।   

अर्चना शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho