आगलागी पीडित शेर्पालाई धमाधम सहयोग जुट्दै

मिङमार शेर्पा

२०७८ असार २५, शुक्रबार


मिङमार शेर्पा
ओखलढुंगा (शेर्पाखबर) ।
सिद्धिचरण नगरपालिका ७, बिगुटारकी आगलागी पीडित पेमडोमा शेर्पाको परिवारलाई धमाधम सहयोग रकम जुट्न थालेको छ । बिभिन्न सहयोगीदाता, पत्रकार र स्थानीयहरुबाट सहयोग रकम जुट्न थालेको हो ।
असार १६ गते साँझ बिद्युत सर्ट हुँदा घर आगलागी भएर ध्वस्त भएको थियो ।  अचानक आगलागी भएपछि शेर्पा परिवार बिचल्ली भएका थिए । आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा सबै जलेपछि आफन्तको घरमा बस्दै आएका शेर्पा परिवारलाई विभिन्न सामाजिक संस्थाहरुबाट र स्थानीय छिमेकीहरुले समेत सहयोग गरेका हुन् । 
पीडित परिवारका लागी अहिलेसम्म छिमेकी २७ घरधुरीले ३७ हजार २ सय ५० रकम सहयोग संकलन गरेर हस्तान्तरण गरेका छन् भने सिद्धिचरण नगरपालिकाबाट घर निमार्णका लागि जस्तापाता सहित ७ हजार रुपौया उपलब्ध गराइएको छ । त्यस्तै, विगुटार शेर्पा समाजले पीडितको पुनःस्थापनाका लागि सहयोग संकलन अभियान सञ्चालन गरेको अध्यक्ष नुरी शेर्पाले जानकारी दिए ।
त्यस्तै, ओखलढुंगा घरभई इटहरि वस्दै आएकाहरुबाट ४६ हजार बढी नगद संकलन गरी स्थानीय इश्वरी कोइरालामार्फत पीडितलाई हस्तान्तरण गरेका छन् । 
 

आगलागी पीडित शेर्पाको छोरो समेत विरामी छन् । आर्थिक अवस्था अत्यन्तै नाजुक शेर्पाको छोराको उपचारका काठमाडौंमा भइरहेको छ । घरमा कोही नभएको समयमा बिद्युत सर्ट भएर आगलागी हुदाँ करिब १० लाख बढीको क्षति भएको प्रहरीको अनुमान छ ।
शारीरिक अवस्थाले अत्यन्तै कमजोर रहेका शेर्पा परिवारको जीवन रक्षाका लागि सहयोग गरी दिन सामाजिक संघसंस्थाहरुले अपिल गरिहेका छन् । सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट सहयोगका लागि आह्वान भएपनि यथेष्ट सहयोग प्राप्त हुन नसकेको अभियान्तहरुले जनाए । 
पीडित परिवारलाई सहयोगका लागि सनराईज बैङ्क, ओखलढुंगा शाखामा रहेको पेम डोमा शेर्पाको खाता नम्बर ०८९०८९६०६०३०१००१ जम्मा गर्न सकिने जनाएको छ । 

 

पत्रकार राईद्धारा सहयोग
पीडित शेर्पा परिवारलाई नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाका उपाध्यक्ष विनुमाया राईल्े नगद सहयोग गरेकी छन् । उनले सिद्धीचरण नगरपालिकाबाट सम्मान स्वरुप पाएको सहयोग रकम पीडितलाई सहयोग गरकी हुन् । त्यस्तै, जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्नो एफएमले पनि सहयोग गरेको छ । रेडियोका संयोजक बिजय कुमार मानन्धर र रेडियोका स्टेसन म्यानेजर बिनुमाया राईले एकमुष्ट १० हजार रुपौया नगद सहयोग गरेका छन् । उपाध्यक्ष राईले पीडितलाई खाद्यन्न सामाग्री समेत सहयोग गरेको बताइन् ।

नगरसभामा सम्मानपत्र ग्रहण गर्दै पत्रकार विनुमाया राई । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho