एभरेष्ट वैंकको झण्डा मिङमा शेर्पाले सगरमाथा पुर्याए

आङबाबु शेर्पा

२०७८ असार २५, शुक्रबार


एभरेष्ट बैंकको झण्डा सगरमाथाको चुचुरोमा फरफराएको छ । एभरेस्ट बैंकले आफ्नो ब्रान्ड फेसका रुपमा रहेका कीर्तिमानी आरोह मिङ्माडेविड शेर्पा मार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराउन सफल भएको हो ।  

आज बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमका बीच सो झण्डा मिङ्माडेविड शेर्पाले बैंकका कार्यवाहक प्रमुख कार्यकारी  अधिकृत डा.संधिर कुमारलाई हस्तान्तरण गरेका छन् ।  सो कार्यक्रममा बैंकका सहायक महाप्रबन्धकहरु केशवराज पौडेल, आशुतोष शर्मा  तथा बैंकका बजार ब्यवस्थापन विभाग प्रमुख श्री पुष्पराज उप्रेती लगायत अन्य उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । सोहि कार्यक्रममा ग्रृष्मकालमा माउन्ट के २ को सफलतापूर्वक आरोहण गरेका कीर्तिमानी आरोही सोनाम शेर्पालाई समेत सम्मान गरिएको छ  ।
स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् । देशैभरि छरिएर रहेको आफ्नो १०३ शाखा सञ्जाल, १३५ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho