पेमागेली शेर्पाको अगुवाईमा ‘राहत वितरण’

ङावा शेर्पा

२०७८ असार २०, आईतबार


ओखलढुंगा (शेर्पाखबर) । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नं. ९ का ६० घरधुरीलाई राहत वितरण गरेको छ । पेम गेली शेर्पाको पहलमा शुक्रबार वडा नम्बर ९ को फाप्रे र वाङडीडाँडा टोलका राहत वितरण गरिएको हो ।
जर्मनी नागरिक (हर्टमुट) को सहयोगमा राहत वितरण गरेको स्थानीय ङावाङ ल्हाक्पा शेर्पाले जानकारी दिए । करिब १ लाख ५३ हजारको लागतमा प्रति घर १ ३० केजी चामल, दाल २ केजी, तेल आधा लिटर प्रदान गरे । कोरोना महामारीका कारण निषेधाज्ञा हुँदा समस्यामा परेकाहरुका लागि लक्षित गर्दै राहत वितरण गरेको अगुवा शेर्पाले जानकारी दिए । 

शेर्पाले यसअघिपनि राहत वितरण गरेको थियो । शेर्पाले वडा नं. ९ को करिब सबै परिवारलाई नै राहत वितरण गर्ने अभियान सञ्चालन गरेको हो । पथ प्रदर्शकको रुपमा पर्यटन व्यवसायमा संलग्न शेर्पा आफूसँगै घुम्न आएका विदेशी नागरिकमार्फत सहयोग संकलन गरेर स्थानीय पीडितहरुलाई सहयोग गर्दै आएका छन् । वडा नं. ९ मा युवाहरुले स्थानीयहरुलाई विभिन्न राहत प्याकेज सहयोग गर्दै आएका छन् । कतिपयले राजनैतिक स्वार्थ जोडेर सहयोग गर्ने गरेपनि आफूले भने निःस्वार्थ सहयोग गरेको र राहत दिएर कुनै अपेक्षा नराखेको अगुवा शेर्पाले बताए । उनी भने जनता समाजवादी पार्टी खिजीदेम्बा ९ का वडा समन्वय समितिका सदस्य हुन् । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho