अध्यक्ष शेर्पाद्धारा बाढी प्रभावितलाई राहत हस्तान्तरण 

लाक्पा जी शेर्पा

२०७८ असार २०, आईतबार


काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहमा राहत हस्तान्तरण गरेको छ । बाढी प्रभावित तीन वटा स्थानीय तहलाई जनही १ लाखका दरले राहत वितरण गरेको हो । 

 

मेलम्ची इन्द्रवती ह्युम पाईप उद्योग समूहबाट मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई राहत स्वरुप नगद ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । केही समयअघि इन्द्रवती र मेलम्ची नदीमा बाढी आउँदा खोला आसपासका स्थानीय तह प्रभावित भएका थिए । बाढी पीडितहरुलाई व्यवस्थापन र राहत वितरणमा सहयोग पुगोस् भन्ने हेतुले स्थानीय तहमार्फत राहत हस्तान्तरण गरेको अध्यक्ष शेर्पाले जानकारी दिए । 

अध्यक्ष शेर्पाको ह्युम पाइप उद्योग मेलम्ची क्षेत्रमै सञ्चालित छ । सामाजिक उत्तरदायित्व र मानवीय नाताले राहत सहयोग गर्न आफू प्रत्येक स्थानीय तहमा पुगेको अध्यक्ष शेर्पाले बताए । 
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा गेल्जेन शेर्पा, पाँचपोखरी थाङपालका अध्यक्ष टासी ह्योल्मो र मेलम्ची नगरपालिकाका अध्यक्ष डम्बर आर्याललाई अषाढ १७ गते सहयोग हस्तान्तरण गरेका हुन् । राहत हस्तान्तरण कार्यक्रममा प्रदेशसभा सदस्य निमा लामा र युवराज दुलालको समेत उपस्थिती थियो । 
 

सहयोग रकमलाई मेलम्ची नगरपालिकाले ‘मेलम्ची बाढी पीडित राहत तथा पुनः स्थापना कोष’ मा जम्मा गरेको अध्यक्ष आर्यालद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । मनसुनको शुरुवातमै अषाढ १ गते राती इन्द्रवती र मेलम्ची नदीमा भिषण बाढी आउँदा ठूलो धनजनको क्षति भएको थियो । बाढीका कारण खोला आसपासका कयौं विस्थापित भएका छन् । 
अध्यक्ष शेर्पाले व्यक्तिगत र उद्योगमार्फत विभिन्न ठाउँमा यसअघिपनि नियमित रुपमा सहयोग गर्दै आएका छन् । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho