सतुवा खेतीमा रमाउँदै सोनाम शेर्पा  

कर्मा शेर्पा

२०७८ असार १०, विहिबार


सोलुखुम्बु (शेर्पाखबर) । पर्यटकीय दृष्टिले सुपरिचित सोलुखुम्बु पछिल्लो समय कृषि र जडिबुटी खेतीमा समेत चिनिन थालेको छ । सोलुखुम्बु जिल्ला अवस्थित दुधकुण्ड–२ सालावेशीका बुवा छोरा सोनाम शेर्पा र दावा शेर्पाले जडिबुटी खेती यसको एक उदाहरण हो ।
८ बर्षअघिदेखि बुबाछोराले सतुवा खेती सञ्चालन गरेका छन् । सतुवा निक्कै दुर्लभ र महंगो जठिबुटीमा पर्दछ । पछिल्लो समय वैज्ञानिक पुनःउत्पादन नहुँदा यो बहुमूल्य जडिबुटी लोप हुँदै गएको थियो । तर, लगातरको प्रयास पछि अहिले सोलुखुम्बुको सतुवा उत्पादन व्यवसायिक रुपमा विस्तार भएको छ ।
८ रोपनी जग्गामा सञ्चालन गरेको फार्म अहिले १० रोपनी जग्गामा विस्तार गरेका छन् । फार्ममा बार्षिर्क बिउबाट ५० हजारको हारहारीमा सतुवाको विरुवा उत्पादन हुदै आएको सोनामले जानकारी दिए । 
सुरुवाती चरणमा सतुवाको बारेमा धेरै जानकारी नभएकोले केही कठिनाइ भएको पनि विस्तारै सबैतिरबाट जानकारी लिदै खेती विस्तार गर्न सहज भएको सञ्चालक दावा शेर्पाले बताए ।
सतुवा खेतीसँगै किवी, लोड सल्ला, चिराइतो र कोरियामा उत्पादन हुने जडीबुटी ‘जिन्सिन’ खेती लगाइएको सोनाम शेर्पाले बताए । भविष्यमा यस खेतीलाई अझै विस्तार गर्ने उनीहरुको योजना छ ।
टे«किङ सिजनमा पर्यटन पदप्रदर्शक (गाइड)को रुपमा काम गर्दै आएको सोनाम अहिले खाली समयमा गाउँमा नै किसानी जीवन विताउने गरेका छन् । सतुवा लगायतका जडीबुटी खेती सम्वन्धमा उनले युट्युवमार्फत व्लगहरु बनाएर युवाहरुलाई सतुवा खेतीको बारेमा जानकारी समेत दिने गरेका छन् । यसले युवाहरुमा प्रेरणा मिल्न सक्ने सोनाम शेर्पाको भनाइ रहेको छ । सतुवा खेतीबाट आफु र परिवार खुसी रहेको बताउँदै शेर्पाले यसबाट निकट भविष्यमा नै मनग्य आम्दानी गर्ने दाबी गरे । युवाहरुले नेपालमा नै बसेर आफ्नै कृषिबाट जिविकोपार्जन गर्न सक्ने सोनाम उदाहरण बनेका छन् । 
डोमा शेर्पाको सहयोगमा । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho