शेर्पाको अगुवाईमा सोलुदुधकुण्डमा स्वास्थ्य र राहत सामाग्री वितरण

लाक्पा जी शेर्पा

२०७८ जेष्ठ ३१, सोमबार


लाक्पा जी शेर्पा
ओखलढुंगा (शेर्पाखबर)
। सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्डमा विभिन्न वडामा स्वास्थ्य सामाग्री र खाद्यान्न राहत वितरण गरेको छ । हिमालयन चिल्ड्रेन अफ खोरिया–फ्रान्सले १८ लाख ६५ हजार बराबरको स्वास्थ्य सामग्री र खाद्यान्न वितरण गरेको हो । 
सोलुदुधकुण्ड नगरपालिका ९, गोराखानी र १०, टाप्टिङको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको वडा नम्बर १० का वडा अध्यक्ष मिङमार छिरि शेर्पाले जानकारी दिए । संस्थाको नेपाल संयोजक गेलु शेर्पाको पहलमा सामाग्रीहरु वितरण गरेको अध्यक्ष शेर्पाले जानकारी दिए । 
गोरा स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर ३ वटा, अक्सिजन रेगुलेटर ३ वटा, अक्सिजन माक्स ६ वटा, नेबुलाईजर १ सेट, पिपिई ५ सेट, सेनिटाईजर ५ लिटर, माक्स १ हजार थान लगायतका सामाग्री प्रदान गरे । त्यस्तै टाप्टिङ स्वास्थ्य चौकीलाई पनि अक्सिजन सिलिण्डर ३ वटा, अक्सिजन रेगुलेटर ३ वटा, अक्सिजन माक्स ८ वटा, नेबुलाईजर २ सेट, पिपिई ५ सेट, सेनिटाईजर ५ लिटर, माक्स १ हजार थान लगायतका सामाग्री प्रदान गरेका थिए । 
 
 

सोही कार्यक्रममा उक्त संस्थाले गोराखानीका ३ सय ४० भन्दा बढी घर परिवारलाई खाद्यान्न वितरण गरेको छ । ‘प्रतिपरिवार चामल ३० केजी, तेल १ लिटर, नुन १ केजी, माक्स लगायतका सामाग्री प्रदान गरे । 
कोरोनाका कारण समस्यामा परेका नागरिकहरु राहत प्राप्त भएपछि खुसी व्यक्त गरेका छन् । ‘विषम महामारीको परिस्थितिमा सहयोग गर्नुहुने सहयोगी संस्था र दाताप्रति आभार व्यक्त गर्दछु ।’ अध्यक्ष शेर्पाले भने ‘स्वदेश तथा विदेशमा रहेर आफ्नो गाउँठाउँलाई संकट पर्दा सम्झिने मनहरु प्रति वडा परिवार उच्च सम्मान गर्दछ ।’
कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख कल्पना राई समेत उपस्थित थिए । त्यस्तै, वडा नं. १ गोराखानीका अध्यक्ष काजी शेर्पा लगायत जनप्रतिनिधीहरु समेत सहभागि थिए । 
उक्त संस्थाले सोलुदुधकुण्ड वडा नम्बर ६ को खोरीया आधारभुत स्वास्थ्य संस्थामा र धुलिखेल अस्पताल दोर्पुमा पनि अक्सिजन सिलिन्डर २ थान अक्सिजन रेगुलेटर ३ वटा, अक्सिजन माक्स ८ वटा, नेबुलाईजर २ सेट, पिपिई ५ सेट, सेनिटाईजर ५ लिटर, माक्स १ हजार थान लगायतका सामाग्री प्रदान गरे भने खोरियामा १ सय घरधुरीलाई खाद्यान्न सामग्री राहत वितरण गरेका थिए ।
जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुलाई समेत १–१ हजार थान माक्स वितरण गरिएको संयोजक शेर्पाले जानकारी दिए

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho