‘कोरोनाको डरले अस्पताल नपुर्याउँदा’ सुत्केरी शेर्पाको मृत्यु !

शेर्पाखबर

२०७८ जेष्ठ ३१, सोमबार


ओखलढुंगा (शेर्पाखबर) । कोरोनाको डरले समयमा अस्पताल नपुर्याँदा उच्च रक्तश्राप भई सुत्केरीको ज्यान गएको छ । जिल्लाको मोलुङ ६ का ३० बर्षिया डोल्मा शेर्पाको ज्यान गएको हो । 
शिशुलाई सकुशल जन्म दिएको सुत्केरी महिलाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको थियो ।  
शेर्पालाई आईतबार श्रीचौर स्वास्थ्य चौकीले ओखलढुंगा सामुदायिक अस्पताल ‘रेफर’ गरेको थियो । सदरमुकाममा रहेको अस्पताल विरामीका आफन्तले उनीलाई घर नजिकैको पेशला पोलिक्लिनिकमा भर्ना गरेपनि उपचार संभव नहुँदा ज्यान गएको स्थानीय पत्रकार शिवकुमार कार्कीले जानकारी दिए । ‘शिशुलाई जन्मदिए पनि उच्च रक्तश्रापको उपचार हुन नसक्दा उनको मृत्यु भयो ।’ कार्कीले भने । 
‘शुरुको अवस्थामा कोरोना कहरको डरले अस्पताल लगिएन, आपतकालिन अवस्थामा लैजान नसकेको पारिवारीक स्रोतले जनायो ।
श्रीचौरको मगलबारे बजारमा बसोवास गर्ने जाङबु शेर्पाको गतबर्ष मात्रै आगलागीले घर नष्ट हुँदा ठूलो क्षति व्यहोर्नुपरेको थियो । यस बर्ष श्रीमतीकै मृत्यु भएपछि उनी शोकमा छन् । घर जल्दा विभिन्न संस्थाले सहयोग गरेका थिए । कोरोनाका कारण भएको निषेधज्ञाका कारण पारिवारिक जीविको चलाउन शेर्पाले कठिनाई समेत खेप्नु परेको छ । 

तस्वीरः भिजनबाट

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho