शेर्पा युवाहरूको राजनीतिमा भविष्य कता ?

क्यामाली सलखा

२०७८ जेष्ठ २३, आईतबार


भूमिका ः
शेर्पा जाति भन्ने वितिकै धेरैको मानस्पटलमा पेशागत रुपमा पर्यटन र पर्वतारोहण भन्ने आउने गर्दछ । यो स्वभाविक पनि हो, आज पनि बहुसंख्याक शेर्पाहरु पर्यटन र पर्वतारोहण व्यवसायमा आबद्घ छन् । आज विश्व समुदायले शेर्पा र पर्वतारोहणलाई पर्यवाचीको रुपमा बुझ्दछन । यसको अलवा शेर्पाहरु वैदेशिक रोजगारी, कृषि, पशुपालन र नगन्य संख्यामा सरकारी तथा गैरसरकारी क्षेत्रमा रोजगारी गर्छन । 
स्वभावैले शेर्पाहरु ईमान्दार, मेहेनती, साहसी र धार्मिक प्रकृतिका हुने गर्दछन । शेर्पा जाति बौद्ध धर्मका अनुयायी भएकोले पनि बुद्धका शिलहरु दया र करुणाको भाव राख्छन् । त्यस्तै, उनीहरुले स्वतन्त्र समाजसेवा र परोपकार बाहेक राजनीतिमा  धेरै लगाव राखेको देखिदैन ।
बहुसंख्यक शेर्पाहरु राजनीतिदेखि टाढा रहदा रहँदै पनि हिमाली जिल्ला सोलुखुम्बुमा अपत्यारिलो रुपमा हरेक कालखण्डमा शेर्पा समुदायका विभिन्न व्यक्तिहरुले समग्र जिल्ला, विभिन्न तहतप्कामा नेतृत्व गर्दै आईरहेका छन् ।
सोलुखुम्बुको राजनीतिमा शेर्पाः
इतिहासको विभिन्न कालखण्डमा सोलुखुम्बुमा राजनैतिक नेतृत्व गर्ने आङ डेण्डी लामा, छिरिङ तेन्जिङ शेर्पा, मास्टर छिरिङ दोर्जी, आङ ङवाङ शेर्पा आदिलाई आजको पुस्ताले पनि तत् समयका स्थापित राजनीतिक व्यक्तित्वको रुपमा स्मरण र सम्मान गर्दछन । राणाकालिन समयदेखि पंचायती व्यवस्थासम्म शेर्पाहरुले सोलुखुम्बु जिल्लामा बलियो राजनीतिक प्रभाव कायम राखेको  देखिन्छ । पंचायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको सुरुवातमा सोलुखुम्बुमा राजनीति गर्ने शेर्पाहरुको कमि देखिए पनि बहुदलिय व्यवस्थामा भने आङ ङिमा लामा, सोनाम छिरिङ शेर्पा, आङ गेलु शेर्पा आदिको आगमनसँगै शेर्पा समुदायमा स्थापित राजनीतिकर्मीको खडेरी हटेको देखिन्छ । 
२०५२ सालबाट देशमा भएको राजनीतिक परिवर्तन सशस्त्र द्वन्द्व (जनयुद्ध) ले पनि धेरै हदसम्म शेर्पा युवाहरुलाई राजनीतितर्फ आकर्षित ग¥र्या अझ भनौँ शेर्पाहरुको राजनीतिलाई हेर्न दृष्टिकोण नै परिवर्तन गरायो । तत्कालिन माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपश्चात् जिल्लाको क्रियाशील राजनीतिक दलका प्रमुखमा शेर्पा समुदायका व्यक्तिहरु नै रहन पुगे । जसमा कांग्रेसको पार्टी सभापति आङ गेलु शेर्पा, एमालेको जिल्ला अध्यक्ष आङ ङिमा लामा र तत्कालीन माओवादीका जिल्ला अध्यक्षमा गोम्बु शेर्पा (कज्र्याङ) रहेका थिए । तत्कालीन अबस्थामा राज्यको स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि नभएको र जनसरोकारका हरेक निर्णयहरु सर्वदलीय संयन्त्र मार्फत हुने भएकाले तत समयमा पनि शेर्पाहरुको जिल्लामा राम्रो राजनीतिक उपस्थिति रहेको मान्न सकिन्छ । अझै तत्कालीन समयको रोचक कुरा त के छ भने २०७० को दोश्रो संविधानसभा निर्वाचनमा सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका बहुसंख्यक उम्मेदवार शेर्पा समुदायबाट बनेका थिए । ‘भाई फुटे गवार लुटे’ भन्ने उखानको चरितार्थ उक्त चुनावमा कुनै पनि शेर्पा उम्मेदवार विजयी हुन सकेनन् र कांग्रेसका बलबहादुर केसीले बाजि मारे ।
सोलुखुम्बुका शेर्पा युवाहरुको राजनीतिमा उपस्थिति ः
सोलुखुम्बु जिल्लामा राष्ट्रिय जनगणना २०५८ अनुसार शेर्पा जातिको जनसंख्या १९ हजार ७ सय ६ रहेको छ । उक्त तथ्यांकलाई शेर्पा जातिको छाता संगठन नेपाल शेर्पा संघले मिथ्याङ्क भन्दै आईरहेका छन् । नेपाल शेर्पा संघका अनुसार केन्द्रीय तथ्यांक विभागले शेर्पाहरुको वास्तविक तथ्यांकलाई संकलन नगरी मिथ्याङ्कलाई सार्वजनिक गरेको आरोप लगाउँदै आएका छन् । यस अघिको जनगणनामा आफ्नो समुदायको वास्तविक तथ्यांक तोडमोड गरिएको कारण जनगणना २०७८ मा आफ्नो जातिको वास्तविक तथ्यांक संकलन गर्न नेपाल शेर्पा संघ जोडतोडले लागेको देखिन्छ ।
जातिगत तथ्यांक जे जस्तो भए पनि सोलुखुम्बुमा राजनीतिमा संलग्न शेर्पा युवाहरु तथा राजनीतिकर्मीहरुको बारे यस लेखमा जिल्लामा क्रियासिल राजनीतिक दलका आधारमा संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।
क. नेकपा एमाले ः हाल नेपालको सत्ता पक्षिय दल एमालेमा आबद्द शेर्पा समुदायका पुराना स्थापित राजनीतिकर्मीहरु
१.आङ ङिमा लामा ः सोलुखुम्बु जिल्लाको जिल्ला विकास समितिको सभापति समेत भईसकेका आङ ङिमा लामा एमालेको स्थापित नेता हुन । एमाले भित्र उनी हक्की, जुझारु, कुशल संगठक र अध्ययनशिल नेताको रुपमा चिनिन्छन् । हाल एमालेको प्रदेश नं १ प्रदेश कमिटी सदस्यको रुपमा रहेका उनी हाल नेकपा एमाले भित्र देखिएको आन्तरिक विवादमा माधव–झलनाथ समूहमा उभिएका छन् ।
२.आङ इगेले शेर्पा (झलक) ः झलक शेर्पा एमाले सोलुखुम्बुमा शान्त, शालिन र शिक्षित नेताको छवि बनाएका पुराना नेता हुन । उनलाई पार्टीले पटक–पटक प्रतिनिधि सभाको उम्मेदवार बनाए भने पछिल्लो समय सोलुदुधकुण्ड नगरपालिकामा नगरप्रमुखको प्रत्यासी हुुन ।
३.आङ दामी शेर्पा ः एमाले सोलुखुम्बुको वयोवृद्ध नेता आङ दामी शेर्पा जिल्लाका एकदमै लोकप्रिय व्यक्तित्व हुन । साबिक सल्लेरी गाविसका अध्यक्ष शेर्पा अहिले पनि एमालेको राजनीतिमानै छन् ।
४.सोनाम ग्याल्जेन शेर्पा ः साबिक नाम्चे गाविसको गाविस अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा एमालेको खुम्बु क्षेत्रका मेरुदण्ड हुन । उनी सोलुखुम्बुको खुम्बु क्षेत्रका स्थापित र प्रभावशाली व्यक्तित्व हुन । उनलाई पछि समय एमालेमा देखिएको आन्तरिक विवादकाबीच एमाले (ओली समूह) ले केन्द्रीय सदस्यको रुपमा मनोनित गरेका छन् ।
५.सोनाम छिरिङ शेर्पा ः राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै जिल्लामा स्वतन्त्र उम्मेदवारको रुपमा उभिएका सोनाम छिरिङ पछिल्लो समय एमालेमा प्रवेश गरेका छन् । उनी पार्टीगत भन्दा पनि व्यक्तित्वका हिसाबले जिल्लामा प्रभावशाली राजनीतिक व्यक्तिको रुपमा चिनिन्छन ।

एमालेमा आफ्नो राजनीतिक भविष्य खोज्दै संघर्षरत शेर्पा युवाहरु
१. दोर्जी जाङबु लामा ः सोलुखुम्बु, सोलुदुधकुण्ड नपा २ जुनवेशीका स्थायी बासिन्दा दोर्जी जाङबु लामा विगत लामो समय देखि एमाले पार्टी अन्तरगत सम्पर्क विभागमा रहेर राजनीति गर्दै आएका व्यक्ति हुन । नेकपा एमाले पटक पटक सरकारमा रहँदा राजनीतिक नियुक्तिको रुपमा पर्वतिय प्रशिक्षण  प्रतिष्ठानका सदस्य सचिव र गुम्बा विकास समितिको सदस्य सचिवको रुपमा अनुभव बटुलिसकेका लामा पछिल्लो समय एमालेमा देखिएको आन्तरिक विवादमा एमाले ( माधव समूह) का सोलुखुम्बु जिल्ला अध्यक्ष हुन ।
२. मिङमार छिरी शेर्पा ः सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नपा वडा नं. १० का जननिर्वाचित वडा अध्यक्ष समेत रहेका मिङमार छिरी शेर्पा छोटो समयमा नै राजनीतिक छलाङ मार्न सफल युवा नेता हुन । उनी हाल एमाले सोलुखुम्बुको सोलुदुधकुण्ड नपा अध्यक्ष एवं जिल्ला पार्टी सचिवालय सदस्य हुन । उनलाई एमाले सोलुखुम्बुले भावि दिनमा सोलुदुधकुण्ड नगरपालिकाको नगर प्रमुखको उम्मेदवारको रुपमा अघि सार्न सक्ने कुरा जिल्लाको राजनीतिलाई नजिक बाट बुझेकाहरु दाबी गर्छन ।
३. मिङमा छिरी शेर्पा ः सोलुखुम्बु जिल्ला  खुम्बु पासाङ ल्हामु गापा ३ को जननिर्वाचित वडा अध्यक्ष मिङमा छिरी शेर्पा एमाले सोलुखुम्बुको सचिवालय सदस्य एवं खुम्बुपासाङल्हामु गापा इन्चार्ज हुन ।
४. टासी ल्हामु शेर्पा ः सोलुखुम्बु जिल्ला  खुम्बुपासाङल्हामु गापाको जननिर्वाचित उपाध्यक्ष टासी ल्हामु शेर्पा एमाले सोलुखुम्बुको  जिल्ला कमिटी सदस्य हुन । गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाको असमायिक निधनपछि गाउँपालिका का.बा अध्यक्षको रुपमा उनले गरेको कामको सम्पूर्णले मुक्त कण्ठले प्रशंसा गर्ने गरेका छन् । हाल उनले गाउँपालिकामा गरेको विवाद रहित कार्यले पनि उनलाई पार्टी भित्र सफल महिला नेतृको रुपमा हेर्ने गरिएको छ ।
५. लाक्पा गेल्जेन शेर्पा ः लाक्पा गेल्जेन शेर्पा एमाले भित्रको तार्किक र बौद्धिक नेता हुन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको गैरसरकारी संस्थाको लामो अनुभव बटुलेका शेर्पा हाल एमाले सोलुखुम्बुको जिल्ला कमिटी सदस्य एवं एमाले खुम्बुपासाङल्हामु गा.पा.का अध्यक्ष हुन ।
६.दोर्जी सुशील शेर्पा ः राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदैन एमाले प्रवेश गरेका दोर्जी सुशील शेर्पा एमालेको जिल्ला कमिटी सदस्य हुन ।
७. कुन्जाङ शेर्पा ः नेकपा एमालेको जनवर्गीय संगठन युवा संघ सोलुखुम्बुको नेतृत्व सम्हालेर आएका कुन्जाङ शेर्पा नेकपा एमाले भित्रका प्रभावशाली युवा नेता हुन । यस अघि (एमाले माओवादी मिलेर बनेको) नेपाल कम्युनिष्ट पार्टीको लिखुपिके गापा सचिव रहेका शेर्पा शेर्पा जातिको छाता संगठन नेपाल शेर्पा संघ सोलुखुम्बुको सचिव हुन । हाल सरकारले गरेको राजनीतिक नियुक्ति अन्तरगत उनी भुमि सम्बन्धि समस्या समाधान आयोग सोलुखुम्बुमा विज्ञ सदस्य हुन ।
८. लाक्पा छिरी शेर्पा ः खुम्बु पासाङ ल्हामु गा.पा को प्रवक्ता समेत रहेका लाक्पा छिरी शेर्पा एमाले खुम्बु क्षेत्रका जुझारु र प्रतिभाशाली युवा नेता हुन । उनलाई खुम्बु क्षेत्रमा भविष्य बोकेको नेताको रुपमा हेरिन्छ ।
९. दाडोमा शेर्पा ः संचारकर्मी हुँदै राजनीतिमा प्रवेश गरेका दाडोमा शेर्पा एमालेका जिल्ला सदस्य हुन । हाल उनी जिल्ला समन्वय समिति सदस्य हुन ।
१० लामा काजी शेर्पा ः नाम्चेका स्थायी बासिन्दा लामा काजी शेर्पा खुम्बु क्षेत्रमा एमालेका स्थापित नेताको रुपमा चिनिन्छन ।
११. आङ फुर्वा शेर्पा ः आङ फुर्वा शेर्पा एमालेका तर्फबाट खुम्बुपासाङल्हामु गा.पा.वडा न २ का निर्वाचित वडा अध्यक्ष हुन । एमाले जिल्ला सदस्य समेत रहेका उनलाई खुम्बु क्षेत्रमा संभावना बोकेका नेताको रुपमा हेरिन्छ ।
१२. ङिमदोर्जी शेर्पा ः ङिमदोर्जी शेर्पा नेकपा एमालेका तर्फबाट खुम्बुपासाङल्हामु गा.पा.वडा न १ का निर्वाचित वडा अध्यक्ष हुन । उनी एमाले जि.क.स समेत हुन ।
१३. साङ्गे शेर्पा ः साबिक जुभिङ गाविसमा जुझारु नेताको रुपमा चिनिने साङ्गे शेर्पा हाल माप्य दुधकोशी गा.पा का कार्यपालिका सदस्य हुन । एमाले जि.क.स समेत रहेका उनलाई माप्य दुधकोशी गा.पा.मा शेर्पा समुदायको  संभावना बोकेका नेताको रुपमा हेरिन्छ ।
एमालेको जनवर्गीय संगठन मार्फत राजनीतिमा क्रियासिल शेर्पा युवाहरु...
१.तेन्जी शेर्पा ः  एमालेको जनवर्गीय संगठन अनेरास्ववियु साथै भुगोलमा समेत  सक्रिय राजनीति गरिरहेका तेन्जी शेर्पा प्रचुर संभावना बोकेको युवा नेता हुन । थुलुङ दुधकोशी ९ लोेखिम स्थायी ठेगाना भएका उनी हाल  अनेरास्ववियुको केन्द्रीय सदस्य हुन ।
२. पेम्बा शेर्पा ः  एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ र भूगोलमा समेत सक्रिय राजनीति गरिरहेका पेम्बा  शेर्पा प्रचुर संभावना बोकेको युवा नेता हुन । लिखुपिके १ गोलिका उनी हाल राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य हुन ।
३. नुरु शेर्पा ः  एमालेको जनवर्गीय संगठन अनेरास्ववियु मार्फत सक्रिय राजनीति गरिरहेका नुरु शेर्पा  संभावना बोकेको युवा नेता हुन । महाकुलुङ ५ नुर्कुम का उनी अनेरास्ववियुको केन्द्रीय सदस्य हुन ।
४. पेम्बा नुरु शेर्पा ः राष्ट्रिय युवा संघ नेपाल खुम्बु पासाङ ल्हामु गा.पा.का अध्यक्ष पेम्बा नुरु शेर्पा जुझारु युवा नेता हुन ।

ख. नेपाली कांग्रेस  ः  नेपालको पुरानो र प्रमुख प्रतिपक्षी दल कांग्रेसमा आबद्द शेर्पा समुदायका पुराना स्थापित राजनीतिकर्मीहरु
१. आङ गेलु शेर्पा ः सोलुखुम्बु सोलुदुधकुण्ड न.पा वडा नं ३ मा जन्मिएका आङ गेलु शेर्पा सोलुखुम्बुको राजनीतिमा एकदमै  लोकप्रिय र स्थापित नेता हुन । उनी कांग्रेस सोलुखुम्बुका पुर्व सभापति समेत हुन । उनी २०७४ मा सम्पन्न प्रदेश नं १ सोलुखुम्बु जिल्ला प्रदेश निर्वाचन क्षेत्र (ख) मा प्रदेश सभा सदस्यका उम्मेदवार भएका थिए ।
२. चुङ्बा शेर्पा ः कांग्रेस खुम्बु पासाङ ल्हामु गा.पा.को स्थापित एवं लोकप्रिय नेता चुङ्बा शेर्पा स्थानीय तहको निर्वाचना खुम्बुपासाङल्हामु गा.पा.मा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार हुन ।
३.छिन्डी ल्हमु शेर्पा ः लामो समय देखि कांग्रेसमा राजनीति गर्दै आएकी छिन्डी ल्हमु शेर्पा राजनीतिकर्मीको अलवा सदरमुकाम सल्लेरीको स्थापित व्यवसायी हुन । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट सोलुदुधकुण्ड नगरपालिकाको उपप्रमुखको उम्मेदवार बनेकी शेर्पा नेपाली कांग्रेस निकट नेपाल महिला संघ सोलुखुम्बुको अध्यक्ष समेत हुन ।
कांग्रेसमा आफ्नो राजनीतिक भविष्य खोज्दै संघर्षरत शेर्पा युवाहरु
१. नाम्गेल जाङबु शेर्पा ः छोटो समयमा तिव्र राजनीतिक छलाङ मार्न सफल राजनीतिक व्यक्तित्व हुन नाम्गेल जाङबु शेर्पा । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हिमालयन प्रोजेक्टको नेतृत्वमा रही धेरै  अनुभव बटुलेका शेर्पा सोलुदुधकुण्ड न.पा. २ का स्थायी बासिन्दा हुन । उनी सोलुखुम्बु जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाको जननिर्वाचित  नगरप्रमुख (मेयर) हुन ।
उनले सोलुखुम्बु जिल्लाको अन्य स्थानीय तहको तुलनामा सोलुदुधकुण्ड नगरपालिको विकासका उल्लेख्य काम गरेका छन् । पछिल्लो समय नेपाली कांग्रेस साथै शेर्पा समुदाय माझ अत्यन्तै लोकप्रिय शेर्पालाई नेपाली कांग्रेस सोलुखुम्बुमा स्थापित नेता बल बहादुर केसि र आङ गेलु शेर्पा पछि सर्वाधिक शक्तिशाली नेताको रुपमा हेर्ने गरिन्छ । उनले नै पछिल्लो समय सोलुखुम्बुमा नेपाली कांग्रेसको कार्यकर्ता पंक्तिमा देखिएको नैरश्यतालाई हटाउने काम गरेका छन ।
२. मिङमार शेर्पा
लामो समय कांग्रेस निकट नेपाल विद्यार्थी संघ सोलुखुम्बुको नेतृत्व सम्हालेका मिङमार शेर्पा कांग्रेस सोलुखुम्बुका चर्चित, जुझारु, दुरदर्शि, तार्किक र कुटनैतिक क्षमता भएका नेता हुन । उनी सोलुदुधकुण्ड नगरपालिका वडा नं २ का निर्वाचित वडा अध्यक्ष समेत हुन । सोलुदुधकुण्ड नगरपालिकामा निर्वाचित जनप्रतिनिधि मध्ये उनलाई परिपक्व राजनीतिककर्मीको रुपमा धेरैले चिन्दछन । उनी कांग्रेस सोलुखुम्बु भित्र अत्यन्तै संभावना बोकेका युवा नेता हुन ।
३.कर्मा शेर्पा ः गैरसरकारी संस्था संचालकसाथै पर्यटन व्यवसायी कर्मा शेर्पा कांग्रेस सोलुखुम्बु प्रदेश निर्वाचन क्षेत्र ( ख) का सभापति हुन । उनलाई कांग्रेस भित्र संभावना बोकेका युवा नेताको रुपमा हेरिएको छ ।
४. छोङ्बा शेर्पा ः ईमान्दार, जनप्रिय जनप्रतिनिधिको छवि बनाएका छोङ्बा शेर्पा सोलुदुधकुण्ड नगरपालिका वडा नं १ का जननिर्वाचित वडा अध्यक्ष हुन । उनी आफ्नो काम मार्फत आफ्नो वडा साथै सिंगो नगरपालिका भित्री लोकप्रिय छन ।
५. काजी शेर्पा ः सोलुदुधकुण्ड नगरपालिका वडा नं ९ मा कांग्रेसका तर्फबाट वडा अध्यक्षमा निर्वाचित काजी शेर्पा लोकप्रिय नेता हुन ।
४. ङवाङ लाक्पा शेर्पा ः लामो समय देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय ङवाङ लाक्पा शेर्पा कांगेस लिखुपिकेका चर्चित नेता हुन । उनी कांग्रेसका तर्फबाट निर्वाचित लिखुपिके गा.पा वडा नं. १  वडा अध्यक्ष हुन ।
५. ङिमा छिरी लामा ः एमालेबाट राजनीति प्रारम्भ गरेका ङिमाछिरी लामा कांग्रेस प्रवेश गरे सँगै लिखुपिके गा.पा वडा नं ५ को वडा अध्यक्षमा निर्वाचित हुन सफल भए । उनी कांग्रेस लिखुपिकेमा डाईनामिक नेताको रुपमा चिनिन्छन । उनी हाल कांग्रेस निकट नेपाल तरुण दल सोलुखुम्बुका उपाध्यक्ष हुन ।
६. सोनाम ग्याल्जेन शेर्पा ः सोलुदुधकुण्ड नगरपालिकाका कार्यपालिका सदस्य सोनाम ग्याल्जेन शेर्पा लोकप्रिय समाजसेवी साथै कांग्रेस भित्र संभावना बोकेका युवा नेता हुन ।
७. आङ फुला शेर्पा ः सोलुदुधकुण्ड नगरपालिकाका कार्यपालिका सदस्य आङ फुला शेर्पा लोकप्रिय समाजसेवी, पर्यटन व्यवसायी साथै कांग्रेस भित्र संभावना बोकेका युवा नेता हुन ।
९. फुदोर्जी शेर्पा ः कांग्रेस सोलुखुम्बुमा लामो समय राजनीति गरेका फुदोर्जी शेर्पा स्थापित नेता हुन । उनी सोलुदुधकुण्ड नगरपालिका वडा नं. २ का निर्वाचित वडा सदस्य समेत हुन ।
१०. पेम्बा शेर्पा (महासंघ) ः महासंङ पेम्बा उपनामले चिनिने पेम्बा शेर्पा कांग्रेसमा लामो समय राजनीति गरेको युवा नेता हुन । उनी सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल शेर्पा संघ सोलुखुम्बुमा अध्यक्ष समेत भई आफ्नो कुशल नेतृत्व प्रमाणित गरिसकेका छन ।
११. फुर्वा ग्याल्जेन शेर्पा (फुरी) ः कांग्रेस निकट नेपाल विधार्थी संघ र नेपाल तरुण दल सोलुखुम्बुमा लामो समय राजनीति गरेका फुर्वा ग्याल्जेन शेर्पा (फुरी) नेपाली कांग्रेस भित्र संभावना बोकेका युवा नेता हुन । उनी हाल कांग्रेस सोलुदुधकुण्ड नगरपालिकाका प्रवक्ता हुन ।

ग. माओवादी केन्द्र  ः माओवादी केन्द्रमा आबद्द शेर्पा समुदायका पुराना स्थापित राजनीतिकर्मीहरु
१ पासाङ शेर्पा (कर्मा) ः सानै उमेरमा तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र विद्रोह (जनयुद्ध ) मा होमिएका लिखुपिके गा.पा ३ का पासाङ शेर्पा (कर्मा) माओवादी केन्द्रका स्थापित नेता हुन । उनी माओवादी भित्र शालिन एवं त्यागि नेताको रुपमा परिचित छन् । उनी हाल माओवादी केन्द्रका  केन्द्रीय सदस्य एवं नेकपा माओवादी केन्द्र निकट घाइते अपांग महासंघका केन्द्रीय उपाध्यक्ष हुन ।
२.गोम्बु शेर्पा कर्ज्याङ ः माओवादी केन्द्र सोलुखुम्बुका अध्यक्ष गोम्बु शेर्पा कर्ज्याङ राजनीतिमा स्थापित नेता हुन । उनी उनको शालिनता, बौद्दिकता र त्यागी प्रवृत्तिका कारण पनि सबै माझ लोकप्रिय छन् । पार्टी भित्रको उच्चस्तरीय नेताहरु सँग राम्रो पहुँच रहेका उनलाई  पार्टी भित्र कुशल संगठक साथै आदर्शको राजनीति गर्ने परिपक्व राजनीतिक व्यक्तित्वको रुपमा चिन्दछन
३. आङ दावा शेर्पा ः तत्कालीन माओवादीबाट समानुपातिक कोटामा संविधानसभा सदस्य हुन सफल आङ दावा शेर्पा बौद्दिक महिला नेतृ हुन । उनी माओवादी केन्द्र भित्र अत्यन्तै संभावना बोकेकी नेत्री हुन।

माओवादी केन्द्रमा आफ्नो राजनीतिक भविष्य खोज्दै संघर्षरत शेर्पा युवाहरु
१.ङिमा तेन्डुप शेर्पा ः लामो समय देखि वामपन्थी राजनीतिमा सक्रिय ङिमा तेन्डुप शेर्पा बौद्धिक साथै भद्र युवा नेता हुन । उनले नेपाल शेर्पा संघको केन्द्रीय महासचिव साथै गुम्बा विकास समितिमा सदस्य सचिव भई आफ्नो कुशल नेतृत्व क्षमता प्रदशन गरिसकेका छन् । उनी स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट सोलुदुधकुण्ड न.पा को नगरप्रमुखका उम्मेदवार भएका थिए । हाल उनी माओवादी केन्द्र सोलुखुम्बुका प्रभावशाली नेता मध्येका एक हुन । उनलाई माओवादी केन्द्र भित्र धेरै संभावना बोकेको युवा नेताको रुपमा हेरिन्छ ।
२. नाम्गेल शेर्पा ः माओवादी केन्द्र सोलुखुम्बुको जुझारु, डाईनामिक युवा नेता नाम्गेल शेर्पा युवा तथा खेलाडीहरु माझ लोकप्रिय नाम हो । माओवादी द्वन्द्व पश्चात खुम्बु क्षेत्रमा पर्यटन मजदुरहरुको पक्षमा सशक्त आवाज बुलन्द पारेका उनलाई संभावना बोकेको युवा नेताको रुपमा हेरिन्छ ।
३. दावा तेन्जिङ लामा ः नेपाल शेर्पा संघ सोलुखुम्बुको पुर्व अध्यक्ष दावा तेन्जिङ लामा माओवादी केन्द्रका बौद्धिक युवा नेता हुन ।
४. पासाङ काजी शेर्पा ः नेपाल शेर्पा संघ सोलुखुम्बुको  अध्यक्ष पासाङकाजी शेर्पा  माओवादी केन्द्रका बौद्धिक युवा नेता साथै सफल युवा व्यवसायी हुन ।
५. कुङ्गा लामा ः कुङ्गा लामा सोलुदुधकुण्ड न.पा २ बेनी क्षेत्रमा जनता माझ एकदमै लोकप्रिय  नेता हुन ।
६. कामिङिमा शेर्पा ः लामो समय नेकपा एमाले साथै एमाले जनवर्गीय संगठन अनेरास्ववियुमा काम गरि भर्खर मात्रै माओवादी केन्द्र प्रवेश गरेका कामिङिमा शेर्पा जिल्लामा प्रभावशाली युवा नेता हुन । उनलाई जुझारु, संगठक, युवा नेताको रुपमा हेरिन्छ ।
घ. जनता समाजवादी पार्टी   ः   जसपामा आबद्द शेर्पा समुदायका पुराना स्थापित राजनीतिकर्मीहरु
१. आङ काजी शेर्पा (किसान) ः आदिवासी जनजातिहरु माझ एकदमै लोकप्रिय नाम हो  “आङ काजी शेर्पा (किसान)“ । नेपाल आदिवासी जनजाति महासंघको पुर्व महासचिव शेर्पा निरन्तर आदिवासी जनजातिको हकअधिकार र पहिचानका लागि आवाज उठाउँदै आएका छन् । उनी आफुलाइ आदिवासी जनजाति अभियन्ता भन्न रुचाउँछन् । जिल्ला सक्रिय राजनीति नगरे पनि उनी जसर्पाको केन्द्रीय सदस्य हुन । उनी पहिचान पक्षधर अभियन्ताहरुको रोल मोडल हुन ।
२. लाक्पा शेर्पा ः बौद्धिक, अध्ययनशिल, दुरदर्शि, मृदुभाषी लाक्पा शेर्पा जसपाको सशक्त युवा नेता हुन । सोलुखुम्बुमा समाजवादी पार्टीको संगठन बिस्तार हुनुको श्रेय उनलाई नै जान्छ । भोजपुर जिल्लाको स्थायी बासिन्दा भए पनि उनले सोलुखुम्बुलाई नै राजनीतिक कर्मभुमि बनाएका छन् ।  हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको पुर्व अध्यक्ष भईसकेका उनी हाल नेपाल शेर्पा संघको सघीय महासचिव हुन । उनी तत्कालिन उपप्रधानमन्त्री उपेन्द्र यादवको स्वकीय अधिकृत हुँदा सोलुखुम्बु र सोलुबासीका लागि धेरै काम गरेका थिए ।
३. आङ पेमा शेर्पा
जनता समाजवादी पार्टी सोलुखुम्बुको उपाध्यक्ष आङ पेमा शेर्पा सशक्त महिला नेतृ हुन । उनी नेपाल शेर्पा संघ सोलुखुम्बुको द्धितीय उपाध्यक्ष, संघिय सदस्य साथै अन्तरपार्टी महिला संजाल सोलुखुम्बुका अध्यक्ष हुन ।
४. गेल्बु छिरी शेर्पा ः एमाले हुँदै समाजवादी पार्टी प्रवेश गरेका गेल्बु छिरी शेर्पा स्थापित राजनीतिक कर्मी हुन । हाल उनी जनता समाजवादी पार्टी लिखुपिकेका अध्यक्ष हुन ।
जनता समाजवादी पार्टीमा आफ्नो राजनीतिक भविष्य खोज्दै संघर्षरत शेर्पा युवाहरु
१. नुर्साङ शेर्पा ः नेपाल शेर्पा विधार्थी मञ्च सोलुखुम्बुका पुर्व सचिव नुर्साङ शेर्पा जुझारु युवा नेता हुन । हाल उनी पार्टीका जिल्ला सचिव हुन ।
ङ माओवादी (विप्लव)
लामो समय सशस्त्र÷भूमिगत राजनिति मार्फत भर्खरै मात्रै शान्तिपूर्ण राजनीतिमा आएका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीको जिल्ला नेतृत्व पनि आङ ङिमा शेर्पाले गरिरहेको बुझिएको छ ।
३ निश्कर्षः
राजनीति आफैँमा महत्त्वपूर्ण विषय हो । राजनीतिले समग्र राज्य संचालन गर्ने भएकाले शेर्पा समुदायको पनि राजनीतिमा उपस्थिति आवश्यक छ । आज विश्वमा शेर्पाहरु आफ्नो पर्वतारोहण सम्बन्धि क्षमता र ईमानदारीका कारण लोकप्रिय छन् । पर्यटन, पर्वतारोहण,  वैदेशिक रोजगारीका कारण औशत नेपाली जनताहरुको तुलनामा शेर्पा जातिका व्यक्तिहरुको आयआर्जन स्तर र जीविकोपार्जन स्तर राम्रो छ ।
पछिल्लो समय शिक्षा क्षेत्रमै पनि शेर्पाहरु रुचिपुर्ण लाग्न थालेका छन् । झट्ट हेर्दा सोलुखुम्बुको राजनीतिमा उपस्थित देखिए पनि दलको निर्णायक तहमा शेर्पाहरुको उपस्थिति कमजोर छ । भएका शेर्पा राजनीतिक कर्मीहरुमा विश्वासको कमि छ । राज्यको सम्पुर्ण संयन्त्रहरुमा राजनीतिले प्रभावित गर्ने र राजनीतिमा शेर्पाहरुको निर्णायक उपस्थिति नहुँदा शेर्पाहरुको हक अधिकार, सांस्कृतिक, धार्मिक पहिचानको लागि यथोचित काम हुन सकेको छैन । त्यसमा पनि सोलखुम्बु शेर्पा जातिको आदिम थलो हो, सोलुखुम्बु र शेर्पा एक अर्कोको परिपुरक हुन । सोलुखुम्बुको सम्पुर्ण स्थानीय तहमा  शेर्पाहरुको बसोबास रहेको छ । दुई स्थानिय तहमा शेर्पाहरु नेतृत्व तहमा र धेरै स्थानीय तहमा शेर्पाहरु निर्णायक शक्ति हुन सक्छन । त्यसैले राजनीतिमा क्रियाशील शेर्पाहरु एकअर्कासँग हातेमालो र सहयोग गर्दै नव युवाहरु देशमा क्रियाशिल जुनसुकै राजनीतिक दलमा आबद्घ भई नेतालाई भोट र नोट दिने कार्यकर्ताको पंक्तिबाट माथि उठि नेतृत्व तहमा पुग्न आवश्यक छ । 
 

(यो लेखकको निजी विचार र संकलन हुन् । प्रस्तुत तस्वीर प्रतिनिधी पात्रको रुपमा मात्रै समावेश गरिएको छ । आगामी दिनमा थप अनुसन्धानबाट विस्तृत लेख र सबैको तस्वीर समावेश गर्ने प्रसाय गरिनेछ ।–सम्पादक)

क्यामाली सलखाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho