डेभिड मिङ्मा शेर्पाले ‘अतिथि घर’ एपको लोगो सगरमाथामा पुर्याए

शेर्पाखबर

२०७८ जेष्ठ २३, आईतबार


होटल बुकिङ गर्न उपयोगी ‘अतिथि घर’ एपको लोगो सगरमाथामा पुगेको छ। हिमाल आरोही एवम् एप संचालक टिमका सदस्य डेभिड मिङ्मा शेर्पाले एपको लोगो सहितको झण्डा सगरमाथामा पुर्याएको एपका निर्देशक टङ्क पुरी (विश्व)ले जानकारी दिए। 
यो सरमाथामा पुग्ने पहिलो नेपाली एप भएको उनको भनाइ छ। यो एप  www.atithighar.com एनड्रोइड र आइओएस दुवैबाट डाउनलोड गर्न सकिन्छ। 

पहिले भारतीय एप ओयोबाट ग्राहकहरूले होटल बुकिङ गर्ने गदर्थे। ओयो नेपालबाट हटेपछि वेबसाइट, फेसबुक, इस्टा वा फोनबाट होटल बुकिङ गर्नुपर्ने बाध्यता थियो। 

यसैलाई मध्येनजर गरेर ‘अतिथि घर’ एप सञ्चालनमा ल्याइएको एपका निर्देशक पुरी बताउँछन्। 

यो एपमा संसारभरिका ग्राहकले यहाँका होटल बुक गर्न सक्छन्। यो एपबाट होटल बुकिङ गर्दा ग्राहकले फोन पे, इसेवा तथा जुनसुकै देशको मास्टरकार्डबाट पनि पैसा तिर्न सकिने उनले बताए। 


अहिले एपमा काठमाडौं, भक्तपुर र ललितपुर गरी ५० वटा होटल छन्। एपमा सस्तोदेखि महंगासम्मका होटल छन्। एपबाट होटल बुकिङ गर्दा ग्राहकले अझै सस्तोमा पाउने उनले बताए। 

ग्राहकलाई होटल खोज्न सहज होस् भनेर कम्पनीले एपमा नक्सा समेत राखिदिएको छ। ग्राहकले बुकिङ क्यान्सिल गर्दा शुल्क लाग्ने वा नलाग्ने, पैसा फिर्ता हुने वा नहुने लगायतका सबै जानकारी एपमै पाउँछन्। 

पहिलो लहरको महामारी पछि आन्तरिक पर्यटनलाई प्रवर्धन  गर्न एप सञ्चालनमा ल्याइएको उनकाे भनाइ छ। तर पहिलो लहरको महामारीबाट पर्यटन व्यवसाय नउक्सिँदै दोस्रो लहरको महामारीले गाँजेको छ। महामारी पछि विभिन्न योजना ल्याएर आन्तरिक पर्यटन प्रवर्धन गर्ने उनले बताए। 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho