फोनिज जापानको नेतृत्वमा फूर्वा शेर्पा चयन

कान्छीमा शेर्पा

२०७८ जेष्ठ २३, आईतबार


कान्छीमा शेर्पा
जापान (शेर्पाखबर) ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जापानको तेस्रो अधिवेशनबाट फुर्वा शेर्पा निर्विरोध अध्यक्ष पदमा चयन भएका छन् । शेर्पाको नेतृत्वमा ११ सदस्यीय समिति चयन भएको हो । 
समितिको उपाध्यक्षमा शशिकला मोक्तान, सचिवमा सजिना मोक्तान, सहसचिवद्धयमा भबिन्द्र कुलुङ राई र  शान्तमान शाक्य र कोषाध्यक्ष श्याम मगर चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा इन्द्र लामा,  रेशम थामी, राजु गुरुङ, सबिन थापा मगर र स्मृति मोक्तान छन् । 
भर्चुअलमाध्यमबाट भएको कार्यक्रममा प्रमुख अतिथीमा फोनिजका केन्द्रीय अध्यक्ष डन्ड गुरुङ, विशेष अतिथि अतिथी उप–राष्ट्रपतिका प्रेस सल्लाहकार समेत रहेका फोनिजका महासचिव मनोज घर्ती मगर लगायतले आफ्नो भनाइ राखे । 
त्यस्तै, विभिन्न क्षेत्रमा आबद्ध विशिष्ट ब्यक्तिहरुले फोनिजको स्थापना र यसले खेलेको भूमिकामाथि चर्चा गरे । अधिकांश वक्ताहरुले पेशागत धर्म निभाउदै समुदाय र सस्थाको हितका लागि सदैव क्रियाशिल भई भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho