मन्त्री गुरुङले गरे ‘कुन्तादेवीमा ५ घर शिलान्यास’

देशिन्द्र बाहिङ

२०७८ जेष्ठ २३, आईतबार


देशिन्द्र बाहिङ
२३ जेठ २०७८
ओखलढुंगा (शेर्पाखबर)
। यहाँको मोलुङ गाउँपालिका १ कुन्तादेवीका आगलागी पीडित ५ परिवारका लागि आवास निर्माणको काम शुरु भएकोछ । प्रदेश सरकारको सहयोगमा जनता आवास कार्यक्रम मार्फत कुन्तादेवीको डुलडुलेका अग्नी पीडितको घर एक कार्यक्रमकावीच शुरु भएको हो । 
प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले यहाँ आयोजित एक कार्यक्रमकावीच घरको शिलान्यास गरे । गत चैत्र १५ गते स्थानीय वनबाट फैलिएको ढडेलामा परि स्थानीय धनबहादुर केसी, निरबहादुर प्रधान, पेशल प्रधान, निरकुमार प्रधान  र मनिकुमार प्रधानको घर नष्ट भएको थियो । 
गोठ बनाएर जसोतसो बसिरहेका पीडितहरुलाई राहत उपलब्ध गराउन तत्काल त्यहाँ पुगेका मन्त्री गुरुङले आवास निर्माण गरी दिने आश्वासन दिएका थिए ।  आर्थिक अवस्था कमजोर भएका कारण घर बनाउन नसक्ने अवस्थामा रहेका स्थानीयको घर निर्माणको जिम्मा लिएसँगै तत्कालै मन्त्री गुरुङको सक्रियतामा आवास निर्माणको काम शुरु भएको भन्दै पीडितहरुले खुसी व्यक्त गरे ।  
मन्त्री गुरुङले तत्कालका लागि प्रदेश सरकारको तर्फबाट ५ परिवारलाई ५० हजारका दरले २ लाख ५० हजार र व्यक्तिगत  प्रतिपरिवार २५ हजारका दरले १ लाख २५ हजार रुपैयाँ राहत उपलब्ध गराएरका थिए । 
‘१५ दिन नवित्दै मन्त्री गुरुङले आफ्नो बाचा अनुसार कुन्तादेवीमा जनता आवासका घर शिलान्यास गर्नु भएको छ । पीडितले तत्काल घरमा वस्न पाउने भए ।’ स्थानीय टिका धमालले भने ‘शहरी विकास तथा भवन निर्माण डिभिजन अन्तरगत घरको निर्माण हुनेछ ।’
घर बिहिन बनेका प्रकोप पीडितका घर तत्काल निर्माण सम्पन्न गरेर वर्षा अगावै घरभित्र सुरक्षित बस्ने वातावरण बनाउन मन्त्री गुरुङले निर्देशन दिएको स्थानीय युवा नेता सञ्जय खत्रीले जानकारी दिए । शिलान्यस कार्यक्रमबा मन्त्री गुरुङले जिल्लामा प्रकोपबाट प्रभावितहरुको संख्या ठूलो रहेको बताउँदै विशेषगरी घर विहिन भएकालाई आवास बनाएर सुरक्षित बसोबासको व्यवस्था मिलाउन बजेट व्यवस्था गरेको दाबी गरे । 
मन्त्री गुरुङले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विपद्मा परेर घरबास विहिन भएका, एकल महिला तथा दलित समुदायका लागि जनता आवास मार्फत घर बनाउन १ करोड बजेट जिल्ला पठाएका थिए ।

घर शिलान्यास कार्यक्रममा सिद्धिचरण नगरप्रमुख मोहनकुमार श्रेष्ठ र उपप्रमुख इच्छाकुमारी गुरुङलगायतका सरोकारवालाहरु समेत उपस्थित थिए । 
कुन्तादेवीका अग्नी पीडितले घर निर्माणका लागि प्रतिघर ३ लाख ५० हजार रुपैँया पाउने छन् । ५ वटा घर बनाउन कन्सलटेन्सी सहित ३ लाख ५० हजारका दरले प्रदेश सरकारबाट रकम उपलब्ध भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख सुमन मिश्रले शेर्पाखबरलाई जानकारी दिए । जनता आवास कार्यक्रमको मापदण्ड अनुसार घरहरु निर्माण गरिने डिभिजन प्रमुख मिश्रको भनाइ छ । 
समयमा नै घर बन्ने भएपछि अग्नीपीडितहरु खुसी भएका छन् । उनीहरुले सरकारले पीडितहरु प्रति देखाएको सदासहयताको प्रशंस समेत गरे । 

देशिन्द्र बाहिङका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho