पिके सोलुखुम्बु टाप्टिङ समाजले स्वास्थ्य सामाग्री गाउँ पठायो

लाक्पा जी शेर्पा

२०७८ जेष्ठ १९, बुधबार


ओखलढुंगा ९शेर्पाखबर० । पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाले १० लाख बराबरको स्वास्थ्य सामाग्री गाउँ पठाएको छ । स्वास्थ्य सामाग्री र औसाधी ब्यवस्थापन गरी सोलुदुधकुण्ड नगरपालिका वडा न १० टाप्टिङ पठाएको हो । 
गएको ७ दिनभित्र समाज सेवा अर्थात टाप्टिङ किदुगले झण्डै १० लाख रुपैया आर्थिक तथा जिन्सी सामाग्री संकलन गर्न सफल भएको थियो । जुटेको रकमबाट स्वास्थ्य सामाग्री खरीद गरी सहयोगबाट प्राप्त स्वास्थ्य सामाग्रीसहित गाउँ पठाएको अध्यक्ष दावा शेर्पाले जानकारी दिए । 
‘अक्सिजन लगाएतका सामाग्रीहरु पठाउन सफल भएका छौं । कुनै ठुलो विदेशी संस्थांको सहयोग बिनै यो संभावना भयो । सहयोगीहरुलाई हार्दिक धन्यवाद दिन चहान्छु ।’ अध्यक्ष शेर्पाले अघि भने ‘कुनै बिदेशिको अगाडी हात पसार्नु परेन, छोटो समयमा यतिका ठूलो सहयोग जम्मा गर्नु चनचुने कुरा थिएन । त्यहीपनि हाम्रो अपिललाई साथीभाईहरुले स्वीकारेर ठूलो सहयोग गर्नुभयो ।’
संस्थाले खाम्दिङ र लुम्सास्थित स्वस्थ्य चौकीमा अक्सिजन, स्वास्थ्य सामाग्री र औसाधी पठाएको जनाएको छ । माक्स, सेनिटाइजर, थर्मलगान लगायतका समाग्रीहरु पनि उपलब्ध गराएको संस्थाका महासचिव अम्बर तामाङले जनायो । 
औषधी र स्वस्थ्य सामाग्रीहरु वडा नं। १० का सविकका ९ वटै वटाका स्थानीयलाई निःशुल्क उपलब्ध गराइने जनाएको छ । प्रति घरधुरीले १ प्याकेट मास्क र ४ वटा डेटोल साबुन बाँड्ने योजना संस्थाको रहेको छ । 
 

लुम्सा, जुके र धिमिलको लुम्सा स्वस्थ्य चौकी र टाप्टिङ, खाम्दिङ, ढिकुरे, चैलुङ, फतान्जे र च्यङ्बा टोलका स्थानीयले खाम्दिङ स्वस्थ्य चौकीबाट स्वास्थ्य सामाग्री प्राप्त गर्ने गरी सामाग्री प्राप्त भएको वडा अध्यक्ष मिङमार छिरी शेर्पाले शेर्पाखबरलाई जानकारी दिए ।  अध्यक्ष शेर्पाले भने ‘संस्थाले यति ठूलो सहयोग गरेको छ । यसबाट स्थानीयलाई ठूलो राहत पुग्ने छ । अगुवाहरु र सहयोगीहरुलाई वडा र नगरपालिकोतर्फबाट विशेष आभार व्यक्त गर्दछु ।’
कोरोना महामारीले वडाभित्र थुप्रै जना संक्रमित थपिरहेको बिसम परिस्थितिमा सहयोग प्राप्त गर्नु मानविय हितका क्षेत्रमा ठूलो योगदान रहेको बताएका छन् । दुई वर्षसम्म राम्रो पेशाव्यवसाय सञ्चालन गर्न नपाएपनि आफ्नो छाक काटेर सहयोग गरेको भन्दै संस्थाले सामाजिक सञ्जालमार्फत सहयोगीहरुको प्रसंशा गरेका छन् । ‘पर्यटन क्षेत्र लगभग पुरै ठप्पप्राय छ । ट्रेकिङ्ग र आरोहण गएर गुजरा गरिरहेकाहरु वेरोजगार भएर वसिरहेको अवस्थामा राज्यले समेत ध्यान नदिएपनि खुल्ला हृदयका साथ गाउँमा सहयोगका लागि जुटेका हौं ।’ संस्थाले सामाजिक सञ्जालमा लेखेका छन् ‘कोरोनाको दोस्रो लहरमा आफनै जन्मथलो नराम्री प्रभाबित भएको अवस्थामा आफ्नो गाँस काटेर, परिवार, आफन्त र सम्पुर्ण गाउलेहरुलाई जोगाउन सहयोग गर्नु नै संस्थाको दायित्व ठानेका छौं ।’
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho