अतिबिपन्न परिवारलाई आफ्नो एफएमको सहयोग

लाक्पा ज िशेर्पा

२०७८ जेष्ठ १७, सोमबार


१६ जेठ २०७८
ओखलढुंगा (शेर्पाखबर) ।
सामुदायिक रेडियो आफ्नो एफएम १०४.८ मेगहर्जले कोरोना पीडित अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । सिद्धिचरण नगरपालिका ११ का अतिविपन्न ५ घर परिवारलाई खाद्य सामाग्री बितरण गरेको हो । कोभिड १९ का कारण लामो समयको निशेद्याज्ञाले समस्यामा परेका परिवारलाई राहात स्वरुप खाद्य सामाग्री वितरण गरेको स्टेसन म्यानेजर बिनुमाया राईले बताइन् । 

प्रति परिवार २५ केजी चामल एक बोरा सहित दाल, नुन, तेल लगायतका सामाग्री बितरण गरिएको छ । दैनिक ज्याला मजदुरी गरेर बिजिकोपार्जन गर्दै आएका परिवारलाई सहयोग स्वरुप खाद्य सामाग्री बितरण गरिएको राईको भनाई छ । रेडियोले जिल्लाका अन्य स्थानका अति बिपन्न करिब ३० घर परिवारको पहिचान गरेर खाद्य समाग्री बितरण गर्ने लक्ष्य राखेको रेडियोका संयोजक बिजय कुमार मानन्धरले बताए । मानव बिकाश तथा सामुदायिक सेवा नाराका साथ सञ्चालित रेडियोले समाचार, सूचना, सामाग्री सहित मानविय तथा समाज जागरणमा क्रियाशिल छन् । आफ्नो एफएम ओखलढुंगाको पहिलो सामुदायीक रेडियो हो ।

लाक्पा ज िशेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho