शेर्पा किदुग साइप्रसद्धारा बुद्ध जयन्ती र कोरोना सहयोग संकलन

गरिमा शेर्पा

२०७८ जेष्ठ १७, सोमबार


साइप्रस (शेर्पाखबर) शेर्पा किदुग साइप्रसको आयोजनामा २५६५ औं बुद्ध जयन्ती विशेष कार्यक्रम आयोजना गरी भव्य रुपमा मनाइएको छ । निकोसियाको एक गुम्बामा बुद्ध जयन्ती कार्यक्रम आयोजना गरेको हो । 
कोरोना महामारीबाट निम्तीएको मानविय संकट अन्त्यको र विश्व शान्तिको कामनासहित बुद्ध जयन्ती कार्यक्रम आयोजना गरिएको किदुगका अध्यक्ष ङिमदिकी शेर्पाले जानकारी दिइन् । ‘विश्वभर र विशेष गरी नेपालमा कोरोना महामारीको गम्भिर संकट देखिएको छ । यसबाट चाँडै उन्मूक्ति पाओस् भनि प्रर्थानासहित बुद्ध जयन्ती मनायौं ।’ अध्यक्ष शेर्पाले भनिन् ‘वैदेशिक रोजगारीका क्रममा यहाँ रहेका शेर्पाहरुको सहभागितामा विश्व शान्तिको कामना समेत गर्यौं ।’
 

कोरोना महामारीकावीच सरकारले तोकेको मापदण्डलाई परिपालना गर्दै कार्यक्रममा सहभागि भएका थिए । सोही अवसरमा किदुगको महासचिव पदमा चयन भएका ल्हमु शेर्पालाई स्वागत समेत गरेको अध्यक्ष शेर्पाले जनाइन् । किदुगको चौथो अधिवेशनबाट ङिमा ल्हमु शेर्पा महासचिवमा चयन भएपनि व्यक्तिगत कार्य व्यस्तताले राजीनाम दिएपछि नयाँ महासचिव चयन गरेको हो । 
यसवीच कोरोना महामारीबाट मातृभूमि नेपालमा स्वास्थ्य सामाग्री र अक्सिजनको अभावलाई ध्यानमा राख्दै यहाँ कार्यरत शेर्पाहरुले सहयोग समेत संकलन गरेको छ । किदुगको सक्रियतामा १ लाख ५० हजार बढी रकम संकलन गरेको जनाएको छ । संकलित सहयोग छिट्टै नेपाल पठाउने संस्थाले जनाएको छ । सहयोगबाट नेपालको दुर्गम क्षेत्रमा स्वास्थ्य सामाग्री र अक्सिजन खरीद गरी संक्रमितहरुलाई वितरण गर्ने छ ।
किदुगले ल्होसार, बुद्ध जयन्ती लगायत विभिन्न कार्यक्रमहरु नियमित रुपमा आयोजना गर्दै आएको छ । त्यस्तै, नेपालीहरुको पीडामा विभिन्न अभियानमार्फत सहयोग गर्दै आएका छन् । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho