टाप्टिङ किदुगको सक्रियतामा गाउँमा सहयोग

लाक्पा जी शेर्पा

२०७८ जेष्ठ १६, आईतबार


लाक्पा जी शेर्पा
काठमाडौं (शेर्पाखबर) ।
पिके सोलुखुम्बु टाप्टिङ सेवा समाजले सोलुदुधकुण्ड नगरपालिका वडा न १० का स्वास्थ्य चौकीमार्फत स्वास्थ्य सामाग्री वितरण गर्न सहयोग संकलन गरेको छ । वडाको टाप्टिङ, खम्दिङ्ग र लुम्सामा रहेको स्वास्थ्य संस्थाहरुमार्फत गाउँ–गाउँमा स्वास्थ्य सामाग्री पठाउन सहयोग संकलन गरेको हो । स्वास्थ्य साम्मग्री र ओसाधी खरिद गर्न सहयोग जुटाउने क्रममा नगद र जिन्सी सामाग्री भारी मात्रामा सहयोग प्राप्त भएको संस्थाका कोषाध्यक्ष ङावाङ फुरी शेर्पाले जानकारी दिए । काठमाडौंमा रहेका जिल्लाका स्थानीयहरुले टाप्टिङ किदुगमार्फत विभिन्न क्षेत्रमा सहयोग तथा उद्धारका कामहरु गर्दै आएका छन् । कोरोना महामारीलाई ध्यानमा राख्दै स्वास्थ्य सामाग्री जुटाउने अभियान सञ्चालन गरेको अध्यक्ष आङ दावा शेर्पाले शेर्पाखबरलाई जानकारी दिए ।
हालसम्म हिमालयन योक्पू पÞmाउण्डेसन  र पेमदोर्जी शेर्पाबाट ५०–५० हजार, गेलछिरी शेर्पा (च्यांग्बा) बाट १० हजार, आङ नुरी शेर्पा (च्याङ्वा) बाट ५ हजार,  दावा स्कट तामाङ लुम्सा १० प्याकेट माक्स, अध्यक्ष दावा शेर्पा स्वयम्बाट १५ हजार, छिरी शेर्पा (खाम्दिङ्ग) ५ हजार, अम्बर बहादुर तामाङ्ग (लुम्सा मिङ्ग्मार) र च्याङा शेर्पा (मल्टि एड्भेन्चर) १०–१० थान पीपीइ सेट, स्वर्गिय भरु शेर्पाको नाममा छोराहरु पासाङ शेर्पा (नयाँपाटी, काठमाडौं) र फुरी शेर्पा (हाल पोर्तुगल) बाट ५१ हजार सहयोग गरेको छ ।
 

त्यस्तै, एक्टीभफ्रेन एजि स्वीसल्याण्डबाट ३ लाख, भलाकाजी शेर्पा (खाम्दिङ) हाल काठ्माण्डौ र पासाङ ल्हामु शेर्पा (खाम्दिङ) रु २५–२५ हजार, तेन्जि लोटु शेर्पा (सानो खाम्दिङ) ५ हजार, आङ देण्डी शेर्पा लुम्सा तल्लोटोल (हाल कोरिया) १० हजार, संस्थाका महासचिव अम्बर तामाङबाट ३० प्याकेट मास्क सहयोग प्राप्त भएको छ ।
त्यस्तै, फुरी गेल्जे शेर्पा टाप्टिङ (हाल कोरिया) २० हजार, दोर्जी तामाङ टाप्टिङ र  कोषाध्यक्ष ङवाङ फुरी शेर्पा (खाम्दिङ्) बाट ५–५ हजार, पूर्ण बहादुर तामाङ लुम्सा, आङ दावा शेर्पा लुम्सा गुम्बाघर (हाल क्यानडा), आङ फुरी शेर्पा बौध्द लुम्सा (हाल कोरिया) मास्क ५० प्याकेट बराबरको, पेम्बा शेर्पा दिमिल (हाल कोरिया) मास्क ५० प्याकेट बराबरको, शेरे शेर्पा धिमिल (हाल कोरिया) मास्क ५० प्याकेट, जम्बा शेर्पा लुम्सा (हाल कोरिया) र दोर्जी शेर्पा दिमिल (हाल कोरिया ले जनही १०–१० हजारका दरले सहयोग गरेको हो । 
संस्थालाई  आङ डोमा शेर्पा खोटाङले १ थान अक्सिजन सिलिण्डर र पेमा साङ्गे तामाङ (डिकुरे) ले १५ हजार सहयोग प्राप्त भएको र छिट्टै सामाग्रीलाई गाउँमा पठाउने तयारी भइरहेको संस्थाले जनाएको छ ।  
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho