न्यूयोर्क राज्यमा सगरमाथा दिवस मनाउने घोषणा

शेर्पाखबर

२०७८ जेष्ठ १६, आईतबार


न्यूयोर्क (शेर्पाखबर) । अमेरिकाको न्युयोर्क राज्यले मे २९ का दिनलाई सगरमाथा दिवस नियमित रुपमा मनाउने निर्णय गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा माथि प्रथम पटक मानव पाईला टेकेको एैतिहासिक दिनको स्मरणमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने घोषणा गरेको हो । 
न्युयोर्क राज्य बिधान सभा सदस्य सदस्य जेनिफर राजकुमारले सगरमाथा दिवसको अवसरमा यहाँ आयोजित एक समरोहकावीच यस्तो घोषणा गरे । 
यू एस नेपाल क्लाईम्बर्स एसोसिएशन र युनाइटेड शेर्पा एसोसिएशनद्वारा संयुक्त रुपमा आयोजित दिवसमा प्रमुख अतिथिको आसनबाट बोल्दै बिधान सभा सदस्य राजकुमारले उप्रान्त सगरमाथा दिवस न्युयोर्कको राजधानी आल्बनीको एसेम्ब्ली हलमा मनाउनका लागि निमन्त्रणा पठाइने जानकारी दिए ।
कोभिड्–१९ को कारण ठुल्ठुला जमघट गर्न नमिल्ने भएको र मातृभूमि नेपालमा सयौंले ज्यान गुमाईरहेको अवस्थामा बढी तामझाम गर्नु उपयुक्त नहुने भएकोले सीमित अतिथिहरुको उपस्थितिमा सम्पन्न गरेको किदुगका अध्यक्ष छिरिङ् शेर्पाले जानकारी दिइन् । दीप प्रज्वलन गरी शुरु कार्यक्रममा हिम आरोहणका क्रममा दिवंगत हुने आरोहीहरु र कोभिड्–१९ कारण ज्यान गुमाउन परेकाहरुको सम्झना र आत्माको शान्तिका लागि लामा गुरुहरुबाट पूजा प्रार्थना गरे ।
 

कार्यक्रममा जि पि के फाउन्डेशन अमेरिकन च्याप्टर अध्यक्ष सोमनाथ घिमिरेले न्युयोर्क स्टेट् एसेम्ब्लीले सगरमाथा दिवस मनाउने गरेकोमा खुसी व्यक्त गर्दै यो दिवसको अस्तित्व मेटाउने गरी अन्य कुनै दिवस ल्याउन नहुनेमा जोड दिए । रोटरी क्लबका सहायक गभर्नर नवराज केसीले सगरमाथा दिवस सबैको गौरब भएकोले ‘पहिचान जोगाउन सबै जागरुक हुनु पर्ने’ बताए । त्यस्तै, न्युयोर्क काउन्सिल डिस्ट्रिक्ट–२५ का पूर्व चीफ् स्टाफ क्यारोलिन् ट्र्यान, शेर्पा किदुगका पूर्व अध्यक्ष तथा आदिबासी जनजाति महासंघ अमेरिकाका संस्थापक अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा, किदुगका पूर्व अध्यक्ष तथा क्वीन्स् कम्युनिटी बोर्ड सदस्य उर्गेन शेर्पा, यू एस नेपाल क्लाईम्बर्स एसोसिएशनका संस्थापक अध्यक्ष किपा शेर्पा र शेर्पा संघ अमेरिकाका अध्यक्ष आङ जाङ्बु शेर्पाले सगरमाथा दिवस र तेन्जीङ नोर्गे शेर्पाको योगदानमाथि चर्चा गरे । 
कार्यक्रममा प्रमुख अतिथि एसेम्ब्ली मेम्बर जेनिफर राजकुमारले क्लाईम्बर्स  अध्यक्ष पासाङ् निमा शेर्पालाई राज्य सरकारबाट सगरमाथा दिवसको नाममा दिएको रेजिलुशन प्रमाणपत्र, यू एस नेपाल क्लाईम्बर्स एसोसिएशनलाई साईटेशन र अध्यक्ष पासाङ् ङिमा स्वयंलाई पनि प्रसंशा स्वरुप ब्यक्तिगत साईटेशन गरी तीनवटा प्रमाणपत्र एकै पटक हस्तान्तरण गरे । 
विश्व कीर्तिमानी आरोहीहरु लगायत सगरमाथाको सफल आरोहण गरिसकेका चालीस जना भन्दा बढीको उपस्थितिले समारोहको संचालन महासचिब मिङ्मार लामाले गरे । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho