चुहानडाँडा विमानस्थलको नाम आङछिरिङ शेर्पा राखिने 

अर्चना शेर्पा

२०७८ जेष्ठ १५, शनिबार


काठमाडौं । चुहानडाँडा विमानस्थलको नाम स्व. आङछिरिङ शेर्पाको नामबाट राखिने भएको छ । आ.व. २०७८।०७९ को बजेट वक्तव्यमा शेर्पाको नामबाट विमानस्थल नामकरण गरिने उल्लेख गरेको हो । त्यस्तै, ताप्लेजुङको सुकेटारस्थित विमानस्थललाई पर्यटनमन्त्री स्व.रवीन्द्र अधिकारीको नामबाट नामाकरण गरेको अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरे ।
दुवैको २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।
यति समूहका संस्थापक स्व. आङछिरिङ शेर्पासहित टोली विमानस्थल निर्माणस्थलको अध्यायन गर्न पाथीभारा क्षेत्र गएका थिए । 
 

अर्चना शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho