दावा के शेर्पाको ‘कथै–कथा’ सार्वजनिक (भिडियोसहित)

शेर्पाखबर

२०७८ जेष्ठ ११, मंगलबार


काठमाडौँ – चर्चित गायक दावा के शेर्पाको ‘कथै कथा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९), अनेकन चुनौती, युद्धको त्रसादी आदि समेटिएको म्यूजिक भिडियो कथैकथा सार्वजनिक भएको हो । 
गायक शेर्पा कै संगीतमा भएको गीतको शब्द कृष्णप्रसाद उप्रेती छ । ‘कथै कथा’ म्युजिक भिडियो ‘शेर्पा फिल्मको यूट्युब च्यानलमार्फत दर्शक श्रोतामाझ आएको हो । कोरोना महामारीले नेपालजस्ता मुलकका मात्रै नभएर विश्वभरी लाखौँ नागरिकलाई परेको पीडा म्यूजिक भिडियोमार्फत समेट्न खोजेको छ  । अक्सिजन अभावमा ज्यान गुमाइरहेको स्थितिलाई म्युजिक भिडियोमा मार्मिक रुपमा चित्रण गरिएको छ ।
मुलुकको राजनैतिक अवस्था तथा परिवर्तनका हिमायती दाबी गर्नेहरुलाई यस मानवीय संकटको घडीमा जनजनले खोजिरहेको भिडियोमा अनुभूत हुन्छ । ‘संकटको वेला आँखामा पट्टी र कानमा तेल हालेर दुलो पसेका नेताहरू आगामी चुनावमा कसरी जनतासामु जालान् भन्ने जिज्ञासालाई म्यूजिक भिडियोमार्फत व्यक्त गर्न चाहेको निर्देशक कर्मा शेर्पाले जानकारी दिए । 
कोरोना महामारीविरुद्ध सरकारी तयारी फितलो देखिएको, उपचार अभावमा संक्रमितले अकालमा ज्यान गइरहेको विषयलाई म्यूजिक भिडियोमा जोडदाररुपमा प्रस्तुत गर्न खोजिएको छ । 

 

म्यूजिक भिडियोको अन्तिममा राष्ट्रियताको भाव देखाउन खोजिएको छ । महामारी र राष्ट्रिय संकटका बेला सबैलाई एकताबद्ध हुन झण्डा फराएर आह्वान गरेको भान हुन्छ । 
देशका धेरै क्षेत्रमा निषेधाज्ञा जारी भएपनि कोरोना रोकथामका लागि प्रभावकारी काम हुन नसकेको, संक्रमित र मृत्युदरमा कमी आउन नसकेको विषय पनि औल्याइएको छ । लुम्विनी, पोखरा र मार्दी हिमाल क्षेत्रमा छायाँकन गरिएको म्यूजिक भिडियोमा गायक स्वयमले अभिनय गरेका छन् । स्कृनमा गागक दिवाङ शेर्पा, पुष्प श्रेष्ठ लगायतको नाम देख्न सकिन्छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho